अभिनेत्री रेखा थापाको नया चलचित्र ‘मालिका’को पोस्टर सार्वजनिक गरिएको छ। नारी बिबेदलाई समेटी निर्माण गरिएको उक्त चलचित्रको पोष्टर हेर्ने हो भने पछिल्लो समय चर्चामा रहेको बिषय निर्मला हत्याकाण्डलाई प्रष्ट देखाउन खोजेको पाईन्छ। पोष्टर हेर्दै चलचित्र बोल्ने देखिन्छ।चलचित्रमा रेखा थापा संगै कर्नालिकी एक नारी कमलालाई मुख्य पात्रको रुपमा देखाउन खोजिएको छ।
चलचित्र ‘मालिका’ रेखा थापाको निर्माण तथा निर्देशनमा जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित रहेको छ ।

चलचित्रको यस अघि सार्वजनिक ‘हल्का माया’ बोलको गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाएको तिहारलाई लक्षित गरेर कार्तिक १६ गते देखि फिल्म देशभर रिलिज हुँदैछ ।’‘मालिका’मा रेखा र नरबहादुर सँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहनेछ ।









No comments: