[ ]
Latest News Updates

ADVERTISE WITH US

गायक शिब परियारको "सुनको मायाँ,,,," सार्वजनिक
Tuesday, October 9, 2018 Posted by Chitra Khabar

गायक शिब परियारको स्वोरमा रहेको "सुनको मायाँ,,,," बोलको गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ। एल्बम "शिभालय" भित्र समाबेश गगीतको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल अलिसा राई लाई फिचरिंग गरिएको छ।
कुशल भिडियो निर्देशक बिकास सुबेदीको निर्देशन रहेको गीतमा निकै राम्रो तरिकाको कोरियोग्राफी अनुरागको रहेको छ।  दर्जनौ म्युजिक भिडियोमा अभिनय तथा कोरियोग्राफी गरेका अनुरागको अहिले सम्मकै उत्कृष्ट कोरियोग्राफी र अभिनय रहेको अनुरागले बताए। गायक शिब परियारको आवाज रहेको गीतमा शिब कै संगीत रहेको छ।
स्वेता मैनालीको शब्दमा शिब परियारको आवाज तथा संगीत रहेको गीत "सुनको मायाँ" मा अनिल के मानन्धरले सिनेमाटोग्राफी गरेका छन।  मेरा अन्य गीत भन्दा फरक शैली यो गीतमा दर्शक श्रोताले पाउनुहुने छ "गायक शिब परियारले हामि संग भने।  गीतमा फ्लोक बेसको स्वाद दर्शक श्रोताले पाउनुहुने छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply