[ ]
Latest News Updates

ADVERTISE WITH US

अनुरागको "उल्लु" सार्वजनिक / भिडियोमा हलिउड फ्लेबर
Saturday, November 3, 2018 Posted by Chitra Khabar


 म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्।  अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ।   कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरा सँगको केमेष्ट्री मिलाउन निकै गारो भएको थियो भिडियो को टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो कोरिग्राफ़र अनुराग ठकुरीले हामि संग भने।  मेरो ४ दर्जन भन्दा बढी भिडियोमा कोरिग्राफी छ तर यो जत्तिको मेहेनत अहिले सम्म मैले गरेको छैन "उनले भने।
 सार्वजनिक म्युजिक भिडियो अहिले सम्मकै नेपाली म्युजिक भिडियोहरुमा फरक किसिमको मेकिङ्ग गरिएको छ।  हलिउड फ्लेबरको मेकिङ्ग रहेको यस भिडियो लाई सिनेमाटोग्राफर अनिल के मानन्धरले खिचेका हुन्।  हामीलाई यो भिडियो निर्माण गर्न ५ दिन लाग्यो लगातार ५ दिनको मेहेनतले यो भिडियो हलिउड फ्लेबरको बनेको हो अनिलले जानकारी दिए। चितवनको रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा निर्देशक बिभोर पोख्रेलको मेहेनत राम्रै देखिन्छ । उनले भिडियोमा गायिकाको लिप सिंक देखि ४ जना मोडलहरुलाई राम्रै फ़िचरिङ्ग गराएका छन। चितवनलाई फरक लुक्समा देखाएका निर्देशक पोख्रेलले भिडियो हेरेपछि चितवनको सुन्दरता अझै नजिक बाट देख्नेछन दर्शकहरुले उनले भने।
 गायिका रेश्मा सुनुवारको गीत तथा संगीत र आवाजमा तयार भएको गीत "उल्लु" लाई गायिका सुनुवार कै अफिसिएल युटुब बट सार्वजनिक गरिएको छ।  यो गीत "उल्लु" को लागी मैले धेरै मेहेनत गरको छु केहि फरक गर्ने कोसिसमा उल्लु तयार गरेको हु गायिका सुनुवारले हामि संग भनिन।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply