गायिका स्मृति गौतमको उदार मन / आफ्नो जन्मदिनमा वृद्धाआश्रमलाई सहयोग प्रधान
गायिका स्मृति गौतमले आफ्नो २४ औं जन्मदिन मनाएकी छिन। राजधानीको नजिकै रहेको वृद्धाआश्रममा उनले आफ्नो जन्मदिनको केक काटेकी हुन्।
जीवनको काल खण्ड संगै संगीतमा रमाईरहेकि स्मृतिले जोरपाटीमा अवास्थित्त गोकर्नेस्वर उत्तरगया आत्मा साधाना आस्रमका आमा बुवाहरुलाई आबश्यक सामानहरुको साथै चामल,दाल,चिनी,चियापत्ती तथा खानेकुराहरु र सबैलाई एक-एक जोर कपडा दिएर उनले आफ्नो जन्मदिन मनाएकी हुन।
नेपाली संगीत आकाशमा करिब ६ दर्जन बढी गीत गाएकी गायिका स्मृति गौतम सिन्धुपाल्चोक घरभइ हाल राजधानीमा संगीतको प्रशिक्षण एबम गायनमा व्यस्त छिन । बिशेष गरेर लोक दोहोरि गीत र काठे भाकाको गीतको लागि गायिका गौतम प्रख्यात छिन । गायिका गौतमको पछिल्लो समयको हिट गीत “घर त ठिमी ” बोलको गीत निकै चर्चित छ र हालै उनको तिज गीत “नाचौ घुमी घुमी ” गीत पनि बजारमा आएको छ ।









No comments: