[ ]
Latest News Updates

ADVERTISE WITH US

चलचित्र “प्रेमचरी” निर्माण हुने / निर्देशनमा निर्देशक बिचल किराती
Friday, August 3, 2018 Posted by Chitra Khabar


नेपाली चलचित्र “प्रेमचरी” निर्माण  हुने भएको छ।  निर्देशक बिचल किरातीको निर्देशनमा तयार हुने यस चलचित्रमा चन्द्र भट्टराईको कथा रहेको छ भने चलचित्रलाई एस बि आर फिल्म्स र  आई स्टार इन्टरनेसनल  फिल्मसको ब्यानरमा निर्माता  संजय श्री र मोनिका कुमारी ठाकुरले निर्माण गर्ने बताईएको छ। प्रेम कथामा बन्न लागेको यस  चलचित्रमा प्रेम कथा संगै एक्सन पनि देख्न सकिने बताए निदेशक बिचल किरातीले। यस चलचित्रमा पुस्कर रेग्मी , रेश्मा सुबेदी , सपना ओली , संजय श्री र मनमोहन ठाकुर ( दिलिप) को प्रमुख अभिनय रहने बताईएको छ।

कलाकार संजय श्री र मनमोहन ठाकुरले यस अघि हिट भोजपुरी चलचित्र निर्माण एबम चलचित्रमा अभिनय गरिसक्नु भएको छ।  चलचित्र “प्रेमचरी” ६० लाखको बजेटमा निर्माण गरिने बताए निर्माता संजय श्री ले।  नेपलाको बिभिन्न स्थानमा छायांकन गरिने यस सिनेमाको गीतमा भने ओम सुनारको संगीत रहने र सिनेमाको गीतको सम्पूर्ण काम भारतको मुम्बैमा गरिने बताए संगीतकार ओम सुनारले ।  अहिलेका चर्चित कोरियोग्राफर रामजी लामिछानेको कोरियोग्राफी रहने यस चलचित्रमा लभ र एक्सन भरपुर देख्न पाईने बताए निर्देशक किरातीले।

पवन गौतमको सिनेमाटोग्राफी रहने यस सिनेमामा दोन्द रेवन्त थापाको रहने निर्माण पक्षले जानकारी दिने  ।  शुक्रबार सिनेमाको मुहुर्त सर्त संगै औपचारिक निर्माण घोषणा  गरिएको छ।  सिनेमा आगामी भाद्र एक गते बाट फ्लोरमा जाने बताईएको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply