[ ]
Latest News Updates

ADVERTISE WITH US

अहिले सम्मकै महँगो फिल्म “बागमती” युटूबमा सार्वजनिक
Friday, May 18, 2018 Posted by Mero Tv

गत केहि समय अघि प्रदर्शनमा आएको चलचित्र "बागमती" यु टुब मा सार्वजनिक भएको छ । प्रदर्षनको क्रममा  तीनवटा कारणले चर्चामा रहेको यो सिनेमा युटुबमा रिलिज भएपछी  झन् चर्चा पाउने आशा गरिएको छ । यो सिनेमा प्रदर्शनको क्रममा चर्चामा रहनुको ३ कारण मध्य पहिलो, चलचित्र ‘बागमती’मा नेपाली चलचित्रका पुराना दुई नायक शिव श्रेष्ठ र राजेश हमालले  धेरैपछि स्क्रिन सेयर गर्नाले । दोस्रो, यो चलचित्रमा दक्षिण भारतीय प्राविधिकहरूलाई प्रयोग गरिएकोले र  तेस्रो, ‘बागमती’ सर्वाधिक लगानी भएको नेपाली चलचित्रका रूपमा ठहरिएकोले  ।
सिनेमा बागमती सिनेमाहलमा प्रदर्शन भएर बक्स अफिसमा सन्तोष जनक ब्यापार गरेको सीनेमा हो । सिनेमामा  राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, रविकर प्रसाद घिमिरे,मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, कञ्चन ठकुरीको साथै  शितल के सिको पनि प्रमुख अभिनय रहेको छ । । 
निर्देशक : सन्नी केरलाको निर्देशनमा तयार भएको यो सिनेमा लाई ट्री ईन्टरटेन्टमेन्ट को अफिसल युटुब बाट सार्वजनिक गरिएको छ । यस सिनेमाका लागि निर्मातामा दिनेश दर्शनधारी र यशोदा राई रहेका छन् ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply