[ ]
Latest News Updates

ADVERTISE WITH US

फिल्मको नाम पनि लखपती माग्ने / सुरु भयो छायांकन
Thursday, March 22, 2018 Posted by Chitra Khabar

काठमाडौं । नेपालकै पहिलो महिला सिनेमाटोग्राफर सवनम मुखीयाको निर्देशनमा निर्माण हुँदै गएको चलचित्र लखपति माग्नेको छायांकन प्रारम्भ भएको छ । ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रा.लि.ले निर्माण गरेको चलचित्र लखपति माग्नेका निर्माता भने प्रकाश चन्द्र महर्जन हुन् । चलचित्रको सह निर्मातामा भने राजेश खड्गी रहेका छन् । सवनम खाफैले लेखेको लखपति माग्नेको पचली भैरवबाट छायाँकन प्ररम्भ गरिएको छ ।

चलचित्रमा नयाँ तथा पुराना कलाकरहरुको जम्घट रहेको छ । मुख्य कलाकारहरुमा कमलमणी नपाली, विष्णु अर्याल, सोनीका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा, सुनील जंग रायमाझी, सविन कटुवाल, जय जगदीश अधिकारी, ओमकृष्ण भण्डारी, सुरज प्रधान, खेमानन्द जैशी, विष्णु प्रसाद कोइराला, अविनाश ढकाल, किरण ढकाल रहेका छन् ।

चलचित्रमा शान्तिप्रिय, विशाल घोष र राजेश अर्यालको गीत रहेको छ भने सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष र भुपु पाण्डेको संगीत रहेको छ । चलचित्रको गीतमा युवराज चौलागाई, कृष्ण काफ्ले, विन्दु परियार, टिका प्रसाई, भुपु पाण्डे र विशाल घोषको स्वर रहेको छ ।
चलचित्रमा रामेश्वर हुमागाई छायांकार रहेका छन् । तारा थापा किम्भेले चलचित्रको सम्पादन गर्नेछन् ।
चलचित्रको लेखक एवं निर्देशक सवनम् मुखीयाका अनुसार छायांकन करिव ३५ दिनको हुनेछ भने काठमाडौं वरपर सहित धुलिखेलमा समेत चलचित्र खिचिनेछ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply