[ ]
Latest News Updates

ADVERTISE WITH US

सांगीतिक क्षेत्रमा नयाँ आवाज लिएर आईन नव गायिका रिया समर्पित
Monday, December 4, 2017 Posted by Mero Tv

नेपाली सांगीतिक आकाशमा अर्को नयाँ गायन प्रतिभाको जन्म भएको छ । गीत संगीत लाई आफ्नो कर्म मान्ने  रिया समर्पित यो सांगितक नागरिको लागि नयाँ नयाँ नाम भए पनि उनको आवाजको तारिफ भने हुने गर्दछ । यो क्षेत्रमा लगातारको मेहेनत र साधना पछी उनले यो स्थान पाएको बताईंन । 

नेपालको तनहुँ जस्तो विकट बस्तीमा जन्मिएर राजधानी आई पढाई संगै  संगितको प्रशिक्षणमा लागेर  धेरै दुःख गरेको बताउने रियाको एकल गायनको गीत केहि दिनमा रेकर्ड गराउने तयारी उनि  छिन्। रिया कै शब्द र संगीत रहेको गीत रेकर्ड लगत्तै बजारमा ल्याउने तयारी भएको उनले बताए ।

संगितमा मैले दुःख गरे । म यो क्षेत्र छोड्न सक्दिन । तर सम्झौता गरेर स्थपित हुन्न । प्रतिभा देखाएर स्थापित हुन्छु, उनी भन्छिन् । उनले भनिन् , ‘एकदिन तपाईं मलाई सफल गायिका रूपमा देख्न पाउन हुनेछ ।’
 

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply