[ ]
Latest News Updates

ADVERTISE WITH US

पुराना निर्माताको नयाँ फिल्म / बन्ने भयो " "वास्तु शास्त्र"
Monday, December 11, 2017 Posted by Chitra Khabar

नेपाली सीनेमा नगरिका पुराना निर्माता सुरज प्रधानले पुन अर्को सिनेमा निर्माण गर्ने भएका छन् । राजधानिमा एक कार्यक्रमका बीच उनले निर्माण गर्ने सिनेमा "वास्तु शास्त्र" को शुभ  मुहुर्त गरिएको छ । 
पुराना तथा सफल निर्माता सुरज प्रधानले  नयाँ कथा र नयाँ कलाकार सहित नेपाली सिनेमा नगरीमा पुन आएका भन्दा फरक नपर्ला । 
 सु:ख दु:ख , दुर्गा , माईति ,  मालती , सलामछ माया लाई , सम्झिदिए पुग्छ लगायत १२ ओटा भन्दा बढी हिट नेपाली सिनेमा निर्माण गरि सकेका सुरज प्रधानको यो १३ औ सिनेमा हो । 
सिनेमा  "वास्तु शास्त्र"  लाई निर्देशक राजु लामाले निर्देशन गर्ने भएका छन् । निर्देशक लामा कै कथा रहेको सिनेमा मुभी मेक्सर्सको ब्यानरमा निर्माण हुने भएको छ ।  "वास्तु शास्त्र"  ले हरेकको जीवनमा प्रभाब पार्छ र यसको प्रभाब कति सम्मको हुन्छ र "वास्तु शास्त्र"  के हो भन्ने बिषयमा निर्माण हुने यस चलचित्र  पारिवारिक प्रेम कथामा आधारित रहेर निर्माण हुने बताए निर्माता सुरज प्रधानले । नव  कलाकारहरुको अभिनय रहने बताईएको छ । समिर लामा , साजन बास्कोटा मिलन श्रेष्ठ , सुष्मिता देउला , संगीता दोंग , संगीता थापा, हेने सोनी ,सुरबीर पण्डित लगायतकाको प्रमुख अभिनय रहने यस सिनेमा लाई  सम्भु सापकोटा र बिक्रम कार्कीले खिच्ने छन् ।  चलचित्रमा यस कुमारको संगीत रहेको छ ।  काठमाण्डौ र बन्दीपुर र पोखरामा छायांकन हुने यस सिनेमा आउदो फाल्गुन महिनामा प्रदर्शनमा आउने बताए निर्माता सुरज प्रधानले । 


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply