[ ]
Latest News Updates

ADVERTISE WITH US

नायक अनमोल केसी अभिनित ‘कृ’को ट्रेलर सार्वजनिक / धेरै पछी मिडिया सामु अनमोल
Friday, December 15, 2017 Posted by क्या रमाईलो डट कम

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अनमोलको एक्सन अवतार देख्न सकिन्छ। ट्रेलरमा फिल्मकी मुख्य नायिका अदिती बुढाथोकी पनि फिचरिङ छन्।

अनमोल र अदितीको रोमान्स अनि बिछोडलाई पनि ट्रेलरमा जोडिएको छ। फिल्ममा खलपात्रको रूपमा रहेका अनुपबिक्रम शाही पनि ‘एङ्ग्री’ अवतारमा देखिएका छन्। ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्मका मुख्य कलाकार अनमोल केसी, अदिती बुढाथोकी, निर्माताद्वय भुवन केसी र सुवास गिरी, निर्देशक सुरेन्द्र पौडेल उपस्थित थिए। माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कृ’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन्।



भुवन केसीको ‘सुपर काजल फिल्म्स’ र सुवास गिरीको ‘सुवास इन्टरटेनमेन्ट’को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा कमल गिरी कार्यकारी निर्माताका रूपमा रहेका छन्। फिल्ममा अल्मोडा राना उप्रेती, विशेष पाण्डे र रोदित भण्डारीको संगीत, रेनशा वान्तवा राईको कोरियोग्राफी, चन्द्र पन्तको द्वन्द्व रहेको छ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई निर्देशक पौडेल आफैँले सम्पादन गरेका छन्। फिल्म ‘ड्रिम्स’पछि लामो समय पर्दामा नदेखिएका अनमोल अभिनित फिल्म भएकाले पनि ‘कृ’ दर्शकमाझ एकदमै प्रतीक्षित बनिरहेको छ।

यसै फिल्मबाट नायिका अदिती बुढाथोकीले पनि फिल्म क्षेत्रमा डेव्यु गर्दै छन्। फिल्ममा अनमोल, अदिती र अनुपका अलावा कामेश्वर चौरसिया, सरोज खनाल, लक्ष्मी गिरी, रूपा राणालगायतको पनि भूमिका रहेको छ।

क्या रमाईलो डट कम

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply