[ ]
Latest News Updates

ADVERTISE WITH US

बलिउड लेखक तथा अभिनेता निरज बोराको निधन
Friday, December 15, 2017 Posted by क्या रमाईलो डट कम

बलिउड अभिनेता तथा लेखक निरज बोराको बिहिबार ५४ वर्षको उमेरमा निधन भएको छ। गत वर्ष हृदयघात तथा मष्तिश्कघात भएपछि उनी कोमा थिए। उनको बिहिबार बिहान ४ बजे अस्पतालमा निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

कलेजका दिनमा रंगमञ्चमा सक्रिय निरजले आफ्नो अभिनयका लागि ती दिनहरूमा थुप्रै मेडलहरू जितेका थिए। उनी बलिउड फिल्मका लेखक, कलाकार तथा निर्देशकसमेत हुन्।

‘फिर हेराफेरी’ फिल्मका निर्देशक निरजले आमिर खान तथा उर्मिला मारतोड्करको चर्चित फिल्म ‘रंगिला’का लागि संवाद लेखेका छन् भने अजय देवगनको ‘गोलमाल’ फिल्म समेत उनैले लेखेका हुन्। ‘खिलाडी ४२०’ फिल्मबाट निर्देशनमा डेब्यू गरेका निरजले २८ बढि फिल्ममा अभिनय समेत गरेका छन्। ती फिल्महरू मध्ये अघिकाशंमा उनी हास्य भूमिका देखिएका छन्। पछिल्लो समय ‘फिर हेराफेरी’को सिक्वलमा काम गरिरहेका थिए। कामका बिचमा नै उनलाई हृदयघात एवम मष्तिश्कघात भयो। गुजरातको भूजमा जन्मिएका निरज केहि वर्ष पहिले पत्नीको निधन भएपछि एक्लै बनेका थिए। उनका कुनै सन्तान छैनन्।

उनी कोमामा पुगेपछि उनलाई निर्माता फिरोज नाडियालवालाले हेरचाह गर्दै आइरहेका थिए।

क्या रमाईलो डट कम

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply