[ ]
Latest News Updates

ADVERTISE WITH US

रजनीकान्तकाे नयाँ फिल्म २.० अप्रिलमा प्रदर्शन गर्ने तयारी
Saturday, December 16, 2017 Posted by Mero Tv

बलिउडका चर्चित स्टार अभिनेता रजनिकान्तकाे अर्काे नयाँ चलचित्र छिट्टै पदर्शनमा अाउने भएकाे छ । रजनिकान्तको नयाँ फिल्म प्रदर्शन मिति तय भएसँगै यसका बारेमा विभिन्न चर्चा चल्न थालेका छ्न । वलिउड फिल्मका समीक्षक तरण आदर्शले रजनीकान्तकाे फिल्म २.० काे रिलिज मिति तय भएकाे अाफ्नाे ट्वीटरमा सार्जजनिक गरेका हुन् ।

रजनीकान्तले अाफ्नाे फिल्म ‘२.०’ आउँदो अप्रिल २७ मा प्रदर्शन हुने जनाएका छन् । चलचित्रकाे रिलिज डेटकाे टार्गेट फिक्स भएकाे बनाउँदै उक्त फिल्मकाे युनिटले यसकाे प्रमाेशनका कार्य पनि अगाडि बढाएकाे छ ।

फिल्ममा रजनिकान्तसँगै अक्षय कुमार र यामी जियाकसनको पनि मुख्य अभिनय रहेको छ। साइन्स फिक्सन जनराको फिल्मलाई एस शंकरले निर्देशन गरेका हुन्। फिल्मको कथा र पटकथा शंकर स्वयंम र बि जेयामोहनले लेखेका हुन्। २.० सिधैं थ्रीडीमा सुट गरिएको पहिलो फिल्म बतइएको छ।

फिल्म सन् २०१० को तामिल फिल्म ‘एन्थिरन’को सिक्वेल हो। फिल्म तामिल र हिन्दी भाषामा एकसाथ प्रदर्शनमा अाउने बताइएकाे छ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply