नेपाली बक्सअफिसमा 'सुल्तान'को आक्रामक, पहिलो दिनको व्यापार करोड नजिक
वुधबारबाट प्रदर्शनमा आएको बलीउडका सुपरस्टार सलमान खान अभिनित चलचित्र सुल्तानले नेपालमा पनि आक्रामक व्यापार गरेको छ । वुधबार नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलहरु हाउसफुल रहेको थियो । गोपीकृष्ण मुभिजका अनुसार वुधबार चलचित्र सुल्तानले करिब एक करोड नजिकको व्यापार गरेको छ । वुधबार देखी शनिबार सम्म राजधानीका अधिकांश मल्टिप्लेक्सहरुको अग्रिम टिकट बुक भइसकेको छ । ३ करोड २० लाखमा सुल्तानलाई नेपाल भित्राएका गोपीकृष्णले ३ दिनमा लगानी सेभ गर्ने पक्का छ । यो चलचित्रले नेपालमा मात्र होइन भारतमा पनि आक्रामक व्यापार गरेको छ । यो चलचित्रले वुधबार भारतबाट मात्र ४० करोड माथीको व्यापार गरेको बताइएको छ । नेपालमा बिहिबार इदको सार्वजनिक विदा भएका कारण सुल्तानले बिहिबार झन आक्रामक व्यापार गर्ने वितकर कम्पनीको दावी छ । नेपालमा सलमानका फ्यानहरु अत्याधिक रहेका कारण एक हप्तामा सुल्तानले ६ करोड माथीको व्यापार गर्ने पक्का छ ।








No comments: