[ ]
Latest News Updates

ADVERTISE WITH US

सलमानको 'सुल्तान'ले ताड्यो सारा रेकर्ड, तर तोड्न सकेन शाहरुखको रेकर्ड
Thursday, July 7, 2016 Posted by Unknown

'फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले', हो यो स्लोक अहिले बलीउडमा धेरैले भन्ने गर्छन । एकपछि अर्को गर्दै सलमान खानका फिल्मले सफलता हासिल गरेपछि उनलाई अहिले बलीउडकै किंग भनिन् थालिएको छ । त्यहि क्रममा सलमानले अभिनय गरेको चलचित्र सुल्तान वुधबारबाट प्रदर्शनमा आएको छ । यो चलचित्रले वुधबार आक्रामक व्यापार गरेको छ । भारतबाट मात्र सुल्तानले ३६.५४ करोडको व्यापार गरेको छ । वुधबार भारतका केही प्रदेशहरुमा मात्र ईदको विदा भएपनि सुल्तानले ३६ करोड बढिको व्यापार गर्नुलाई बलीउड पण्डितहरुले राम्रै मानेका छन् । बिहिबार भारतमा ईदको विदा रहेका कारण बिहिबार पनि चलचित्र सुल्तानले यहि आँकडामा व्यापार गर्ने अनुमान छ । बलीउड पण्डितहरुका अनुसार चलचित्र सुल्तानले प्रदर्शनको ५ दिनमा १ सय ५० करोड माथीको व्यापार गर्ने अनुमान लगाएका छन् । तर चलचित्र सुल्तानले शाहरुख खानको चलचित्र हेप्पी न्यू इयरलाई भने उछिन्न सकेन । यो चलचित्रले पहिलो दिननै ४४ करोड माथीको व्यापार गरेको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply