[ ]
Latest News Updates

ADVERTISE WITH US

विश्वकै कान्छा निर्देशकले 'हैरान' बनाउने
Wednesday, July 6, 2016 Posted by Unknown

विश्वका कान्छा नेपाली निर्देशक सौगात विष्टले अर्को नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । ८ बर्षको हुँदा 'लब यू बाबा' निर्देशन गरेका सौगातले यो पटक भने 'हैरान' नामक चलचित्र निर्देशन गर्न लागेका हुन् । भदौबाट छायाँकन सुरु हुने बताइएको यो चलचित्रको स्क्रिप्ट लेखन कार्य अन्तिममा पुगेको सौगातका पिता गजित विष्टले जानकारी दिए । सौगातले लब यू बाबा निर्देशन गरेपछि विश्वकै कान्छा निर्देशकको रुपमा गिनिज बुकमा नाम लेखाएका थिए । कमेडी शैलीमा तयार हुने बताइएको चलचित्र हैरान एक्शन र लभस्टोरी हुने बाल निर्देशक सौगात विष्टले जानकारी दिए । मोहन कृष्ण श्रेष्ठले निर्माण गर्ने यो चलचित्रमा गजित विष्ट, निश्मा घिमिरे भने पक्का भइसकेका छन् । चलचित्रको कथा भने गम्भिर विष्टले लेखेका हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply