'सुल्तान' समिक्षा : सलमानको अभिनयले दिवाना बनाउन सक्छ
निर्देशक : अली अब्बास जफर
कलाकारहरु : सलमान खान, अनुष्का शर्मा, रणदीप हुड्डा
कहानी
सलमान खान एक बक्सर उर्फ सुल्तानको भुमिकामा चलचित्रमा देखा परेका छन् । भारतको हरियाणाको एक दंगल पहलवानको भुमिकामा सलमान रहेका छन् । जसको अरफा उर्फ अनुष्का शर्मा नामकी एक रेसलरसँग प्रेम बस्छ । सलमानले अनुष्कालाई आफ्नो साथीहरुसँग गलफ्रेण्डको हिसाबले मिलाउँछन् तर अनुष्का निकै रिसाउँछिन् । सोहि बेला अनृष्काले भनेको एउटा संवादले सलमान दुनियाँमा आफ्नो इज्जत कमाउन लागी पर्छन । त्यहि क्रममा उनी विश्वलाई नै चकित बनाउने रेसरल बन्छन् र भारतलाई कयौ अवार्ड दिलाउँछन् । सलमानले कमाएको इज्जतलाई देखेर अरफा उर्फ अनुष्काले विहे गर्छिन । यो बिचमा उनीहरुको जिन्दगीमा यति ठुलो तुफान आउँछ कि अनृष्काले सलमानलाई छोडेर जान्छिन् । त्यसपछि के हुन्छ त्यो हेर्नका लागि भने हलसम्म जानु पर्ला ।
अभिनय
सलमानले चलचित्रमा निभाएको सुल्तानको भुमिका निकै सुहाएको देखिन्छ भने उनको अभिनयले जो कोहीलाई दिवाना बनाइदिन्छ । सलमानले चलचित्रमा पहलवानको भुमिकालाई न्यायपूर्वक निभाएका छन् । सलमान र अनृष्काको अनस्क्रीन केमेष्ट्रि पनि राम्रै जमेको छ । अनुष्काको चलचित्रमा छोटो भुमिका भएपनि अभिनय तारिफ योग्न देख्न सकिन्छ । चलचित्रमा रणदीप हुड्डा सलमानको कोच र अमित सलमानको भाईको भुमिकामा छन् । चलचित्रमा रणदीपको भुमिका पनि त्यतिक्कै सशक्त देख्न सकिन्छ ।
निर्देशन
चलचित्रका निर्देशक अली अब्बास जफरले पुन एकपटक आफुलाई सफल निर्देशकको रुपमा सावित गरेका छन् । उनले चलचित्रको कथा अनुसार कलाकारहरुलाई ढाल्न सक्नु सबैभन्दा उत्कृष्ट पक्ष देख्न सकिन्छ । चलचित्रको स्क्रीन प्ले, ब्याक ग्राउण्ड प्लेयर निकै उत्कृष्ट रहेको छ ।
संगीत
चलचित्र सुल्तानको गीतहरु दर्शकहरुले निकै रुचाएका छन् । बेबी को बेस.., जग घूमैया.. गीतलाई दर्शकहरुले अहिले पनि निकै रुचाएका छन् । चलचित्रमा केही गीतहरु चाहिँ विना कारण हालेको अनुमान लगाउन सकिन्छ ।
किन हेर्ने सुल्तान ?
यदि तपाई सलमानको डाय हार्ड फ्यान भए एक पटक सुल्तान हेर्दा हुन्छ । तपाईले चलचित्रमा सलमानको फरक लुक्स पनि देख्न पाउनु हुनेछ भने चलचित्रले यूवापुस्ताका दर्शकहरुका लागि सुन्देश पनि प्रवाह गरेको छ । २ घण्टा ५० मिनेटको सुल्तान सलमान खानको अन्य फिल्म भन्दा विल्कुलै फरक छ ।








No comments: