[ ]
Latest News Updates

ADVERTISE WITH US

'गुनगुन' का लागि सञ्चिताले घटाइन तौल, रविनसँग गर्दैछिन् रोमान्स
Wednesday, July 6, 2016 Posted by Unknown

'नाइँ नभन्नू ल ३' बाट लामो समयपछि चलचित्रको पर्दामा देखिएकी सञ्चिता लुइँटेल अहिले केही चलचित्रको छायाँकनमा व्यस्त छिन् । केही दिन अगाडी मात्र 'राधा' नामक चलचित्रको छायाँकन सकाएर सञ्चिता अहिले 'गुनगुन'मा व्यस्त छिन् । अहिले चलचित्र 'गुनगुन'को छायाँकन धमाधम भइरहेको छ । चलचित्र राधामा निकै मोटाएकी सञ्चिताले गुनगुनमा भने आफ्नो शरीरलाई औषतमा ल्याएकी छिन् । अहिले उनी राधा चलचित्रको भन्दा निकै दुब्लाएको देख्न सकिन्छ । पुकार भट्टराईले निर्देशन गरिरहेको चलचित्र गुनगुनमा सञ्चिताको साथमा रविन हुडको प्रमुख भुमिका रहनेछ । माझीको कथामा बन्न लागेको चलचित्र गुनगुनबाट सञ्चिाले राम्रै आश गरेकी छिन् भने राधाबाट उनले आफ्नो क्रेज फर्काउने दाऊमा छिन् । निखिल उप्रेतीसँग विवाह गरेर दुई सन्तान जन्माएपछि उनले नाइँ नभन्नू ल ३ मा काम गरेकी थिइन । चलचित्र सफल भएपनि उनलाई नाइँ नभन्नू ल ३ ले खासै चर्चामा ल्याएन त्यसैले पनि अहिले सञ्चिता आफ्नो पुरानो क्रेज फर्काउने धाउन्नमा छिन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply