[ ]
Latest News Updates

ADVERTISE WITH US

आठौं डि सिने अवार्ड पोखरामा हुँदै / श्रावण २९ मा हुने छ अवार्ड पोखरामा
Wednesday, July 6, 2016 Posted by Chitra Khabar

डि सिने अवार्डको आठौं संस्करण यसपालि भने पोखरामा गरीने भएको छ । नेपालमा आयोजना हुने अवार्डहरु मध्ये उत्कृष्ट मानिदै आएको यो अवार्ड उपत्यका बाहिर आयोजना गरिने पहिलो फिल्म अवार्ड समेत हुने भएको छ । डिजिटल फम्र्याटमा बनेका चलचित्रहरुलाई लिएर विगत ८ वर्षदेखि निरन्तर रुपमा गरिँदै आइएको डि सिने अवार्डको आठौं संस्करण यसपालि भने पााचतारे होटल पोखरा ग्राण्ड पोखरामा हुने भएको हो । 
चलचचित्रका विभिन्न विधाहरुमा केन्द्रित रहेर आयोजना गरिएको यस अवार्डले आफ्नो आठौं वर्षसम्मको यात्रामा राजधानी केन्द्रीत रहेर चलचित्रको प्रबद्र्धन, सम्बद्र्धन एवं विकास र विस्तारलाई आत्मसात गरिरहेको भए पनि यस वर्षबाट पर्यटकीय नगरी पोखरामा गर्न लागीएको आयोजक संस्था छायाँछविले बताएको छ । ‘नयाँ वर्ष नयाँ हर्ष घुमफिरको वर्ष’ भन्ने नाराका साथ पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्दै मनाइरहेको अवस्थामा यसरी पोखरामा अवार्ड आयोजना गरिन लागेको हो । चलचित्रको लागि मात्र पोखरामा सुटिङ हुने गरेको यस ठाउँमा पर्यटकीय हिसाबले पनि अवार्डहरुलाई त्यहाँ आयोजना गरिनु पर्ने धारणा आयोजकले राखेको छ । 
डि सिने अवार्ड पोखरामा आयोजना गर्नका निमित्त डि सिने अवार्ड का अध्यक्ष शान्तिप्रिय, सांस्कृतिक कार्यक्रम संयोजक सुमन दाहाल एवं कार्यक्रम संयोजक मणिराज गौतम केही अघि पोखरा गएका थिए । होटेल पोखरा ग्राण्डका सेल्स म्यानेजर कमल शेरचन र  डि सिने अवार्डका अध्यक्ष शान्तिप्रियका बिच यहि श्रावन २९ मा कार्यक्रम सम्पन्न गर्ने समजदारी भएको हो । पोखरामा आठौं डि सिने अवार्ड सम्पन्न गर्नका निमित्त शोभित वस्याँल, गणेश ढकाल एवं बोधराज रेग्मी सहितको तीन सदस्यीय स्थनिय संयोजन समिति समेत गठन गरएिको छ । 
डिजिटल फम्र्याटमा चलचित्रहरु भर्खर निर्माण हुन लाग्दाको अवस्थामा आयोजना गरिएको छायाँछवि डि सिने अवार्डको आजको अवस्थासम्म आइपुग्दा चलचित्र उद्योग नै डिजिटलमय बन्न सफल भएको छ । सेलुलोइड फम्र्याटका चलचित्र शून्यतामा पुगिसकेको र डिजिटल फम्र्याटमा मात्र चलचित्र निर्माण हुँदाको अवस्थामा मुलुककै सर्वश्रेष्ठ अवार्डको रुपमा छायाँछवि डि सिने अवार्डलाई लिइने गरिएको छ । डिजिटल सिने नगरी बनिसकेको नेपाली चलचित्र उद्योगमा डि सिने अवार्डले सातौं वर्षसम्म भव्य र सभ्य रुपमा अवार्डलाई सम्पन्न गर्दै आएको छ । विभिन्न औद्योगिक घरानासँग सहकार्य गर्दै अवार्डलाई सम्पन्न गर्दै आइरहेको अवस्थामा यस वर्षबाट भने पर्यटकीय नगरी पोखरामा आयोजना गरिने भएको हो । पोखरामा रहेको परिचय एडभरटाइजिङले यस इभेन्टको प्रमोशन गर्ने जिम्मा लिएको छ । पोखरामा विभिन्न इभेन्टको आयोजना गर्दै आएको परिचय एडभरटाइजिङले केन्द्रमा भइरहेको डि सिने अवार्डलाई पोखरामा पर्यटकीय हिसाबले प्रमोशन गर्न लागेको हो । चलचित्रको क्षेत्रलाई विस्तार गर्दै अवार्डलाई पनि विभिन्न पर्यटकीय क्षेत्रमा लैजानका लागि परिचय एडभरटाइजिङले आफ्नो अभियान सुरु गरेको छ । 
पोखराको विरौटामा रहेको ग्रान्ड होटलमा आयोजना गर्न लागिएको यस कार्यक्रमलाई साउन २९ गते सम्पन्न गर्न सक्रियताका साथ लागिएको कार्यक्रम संयोजक मणिराज गौतमले बताए । 








Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply