नारीप्रधान चलचित्र 'ब्रासलेट'को गीत र ट्रेलर बाहिरियो (भिडियो)
भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'ब्रासलेट'को नयाँ गीतसँगै ट्रेलर पनि सार्वजनिक गरिएको छ । निर्मल शर्मा निर्देशित तथा केशब भट्टराईद्वारा निर्मित चलचित्र ब्रासलेटको वुधबार राजधानीमा एक कार्यक्रमका बिच सूचना तथा सञ्चार मन्त्री शेरधन राईले एक गीत र ट्रेलर सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक निर्मल शर्माले चलचित्र ब्रासलेटले प्रत्येक हिन्दू नारीको यर्थाथ कथा प्रस्तुत गरेको जानकारी दिए । त्यसै निर्माता केशब भट्टराईले चलचित्र ब्रासलेट एक मनोरञ्जनात्मक र एक्शनप्रधान रहेको बताए । उनले चलचित्र ब्रासलेटले समाजमा सन्देश पनि प्रवाह गर्ने दाबी गरे । कार्यक्रममा चलचित्रका नायक रमेश उप्रेतीले आफ्नो कमब्याक चलचित्र भएका कारणले गर्दा पनि ब्रासलेट आफ्नो लागि प्रतिक्षित चलचित्र रहेको बताए । यो चलचित्रमा रमेश उप्रेती, रजनी केसी लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ ।








No comments: