[ ]
Latest News Updates

ADVERTISE WITH US

३ करोड २० लाखमा सलमानको फिल्म 'सुल्तान' नेपाल भित्राइयो
Monday, July 4, 2016 Posted by Unknown

बलीउडका तिन खान सलमान खान, शाहरुख खान र आमिर खानको फिल्म अन्य देशहरुमा जसरी महंगो मुल्यमा विक्रि हुन्छ त्यसरी नै नेपालमा पनि अत्याधिक महंगोमा विक्रि हुँदै आइरहेको छ । नेपालमा पनि बलीउडका यि तिन खानका फ्यानहरु असंख्य रुपमा भएका कारण नेपालका चलचित्र वितरकहरु बलीउड फिल्महरु करोडौ मुल्यमा किन्न गर्छन । त्यहि क्रममा यही वुधबारबाट प्रदर्शनमा आउन लागेको बलीउड सुपरस्टार सलमान खान अभिनित चलचित्र सुल्तानलाई गोपीकृष्ण मुभिजले ३ करोड २० लाख अर्थात भारतीय २ करोडमा किनेको छ । यो रकम अहिलेसम्म कुनै पनि वितरक कम्पनीले बलीउड फिल्मका लागि तिरेको छैन् । गोपीकृष्ण मुभिजका प्रमुख प्रदिप दाहालका अनुसार नेपालमा सलमानका फ्यानहरु अत्याधिक रहेका कारण चलचित्र सुल्तानलाई ३ करोड २० लाखमा नेपाल प्रदर्शन अधिकारी लिएको हो । यस अघि गोपीकृष्णले सलमानका फिल्महरु २ करोड भन्दा माथी तिरेर नेपाल भित्राएको थिएन् भने अन्य कुनै पनि वितरक कम्पनीले यो मुल्यमा कुनै पनि बलीउड फिल्म नेपाल भित्राएका थिएनन् । अब गोपीकृष्ण मुभिजले घाटा र नाफा जे भएपनि बेर्होनु पर्ने छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply