[ ]
Latest News Updates

ADVERTISE WITH US

अहिलेसम्म डेटमा गएको छैन : प्रियंका चोपडा
Monday, July 4, 2016 Posted by Unknown

बलीउड अभिनेत्री प्रियंका चोपडा बलीउड चलचित्रकी एक सफल अभिनेत्री हुन् । बलीउडमा एकपछि अर्को सफल चलचित्रमा काम गरेकी उनी अहिले भने हलीउड चलचित्रमा काम गर्दैछिन् । केही महिना अगाडी ओस्कार अवार्ड समेत वितरण गरेकी प्रियंकाले अमेरिकाको टिभी सिरियल क्वाटिनमा मुख्य भुमिका निर्वाह गरेकी थिइन । बोल्ड दृश्यका कारण उनको चर्चा बलीउडमा मात्र नभएर हलीउडमा पनि भयो । त्यसपछि उनी अहिले केही हलीउड चलचित्रमा काम गर्दैछिन् । अविवाहित प्रियंकाले हालै एक अन्तर्वार्ताको क्रममा अहिलेलेसम्म आफु कसैसँगको डेटमा नगएको बताएकी छिन् । 'म कहिँले पनि डेटमा गइन तर सम्बन्ध भने चाहिँ थियो । भारतमा सम्बन्धमा रहेका व्यक्तिसँग डेटमा जानै पर्छ भन्ने अवधारण छैन । तर जबाफदेही चाहिँ हुनु पर्छ,' उनले भनिन् । उनले अन्तर्वार्ताको क्रममा हलीउड चलचित्रमा काम गर्दा धेरै अनुभव बटुलेको पनि सुनाइन । उनले अगाडी भनिन्, 'मैले यहाँको माहोल नै फरक पाएँ । हलीउड चलचित्रमा काम गर्न पाउनु मेरो ठुलो उपलब्धि हो ।' 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply