रातो वान पिसमा व्यूटिफुल साम्राज्ञी, अवार्ड चुम्दै गर्दा झर्यो आँशु
गएको बर्ष प्रदर्शनमा आएको अनमोल केसी अभिनित चलचित्र 'ड्रिम्स'मा काम गरेकी व्यूटिफुल गर्ल साम्राज्ञी राज्य लक्ष्मी शाह अब चाँडै अभिनेत्री झरना थापाले निर्देशन गर्न लागेको चलचित्र 'ए मेरो हजुर २' मा काम गर्देछिन् । केही दिन अगाडी मात्र करिब ५ लाख पारिश्रमिक लिँदै साम्राज्ञीले 'ए मेरो हजुर २' साइन गरेकी थिइन । ड्रिम्समा उनको अभिनयको तारिफ अनमोल भन्दा पनि व्यापक भएपछि अहिले साम्राज्ञीको व्यस्तता राम्रै सँग बढेको छ । सुन्दरताले अझ सबैलाई मदहोस बनाइदिने ड्रिम्स हिरोइन साम्राज्ञीले शनिबार फान अवार्डबाट नव अभिनेत्रीको अवार्ड पाइन । उनको यो अवार्ड करियरकै पहिलो अवार्ड थियो । उनले चलचित्र ड्रिम्सबाट उत्कृष्ट नव अभिनेत्रीको अवार्ड हात पारेकी हुन् । अवार्ड लिन आफ्नी आमासँग स्टेज चढेकी साम्राज्ञीले सबैलाई धन्यवाद दिँदै गर्दा गहभरी आँसु पनि पारिन । उनले आफ्नो करियरको पहिलो अवार्ड रहेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिइन । रातो रंगको वान पिसमा देखिएकी साम्राज्ञी फान अवार्डमा अन्य अभिनेत्रीभन्दा विशेष देखिएकी थिइन ।








No comments: