[ ]
Latest News Updates

ADVERTISE WITH US

किन यति प्रतिक्षित बन्यो सलमानको 'सुल्तान' ?
Tuesday, July 5, 2016 Posted by Unknown

बलीउडमा धेरैले भन्छन्, 'फिल्म की भगवान भरोसाले चल्छ की सलमान भरोसाले' । हुन पनि हो केही बर्षको रेकर्ड पल्टाउने हो भने सलमानले एकपछि अर्को गर्दे सफल चलचित्र दर्शकमाझ पस्किसकेका छन् । दबंगस्टार भनेर चिनिने सलमानको नयाँ चलचित्र सुल्तान आज वुधबारबाट प्रदर्शनमा आएको छ । ९० करोडको लागतमा तयार भएको यो चलचित्र भारतसँगै अन्य देशमा गरि करिब ५१ सय बढि हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ । गएको बर्ष चलचित्र बजरंगी भाईजान र प्रेम रतन धन पायोले १ हजार करोड बढिको व्यापार गरेपछि अहिले सलमानलाई बलीउडकै किंग भनिन थालिएको छ । त्यसैले पनि यो बर्षको प्रतिक्षित बनेको चलचित्र सुल्तानले बलीउडका कयौ रेकर्ड तोड्ने बलीउड पण्डितहरु बताउँछन् । यदि सलमानको यो चलचित्र सुल्तानले पनि बलीउडमा सय करोडको व्यापार गरे सलमानको यो १० औ चलचित्र हुनेछ जसले सय करोड माथीको व्यापार गरेको हुनेछ । बलीउडमा सय करोड माथीको व्यापार गर्नेलाई मात्र सफल चलचित्रको सुचीमा राख्ने गरिन्छ । सलमानका फ्यानहरु विश्वभर अत्याधिक रहेका कारण सलमानले यो पटक पनि सुल्तानबाट ह्याट्रिक गर्ने पक्का छ । नेपालमा पनि वितरक कम्पनी गोपीकृष्ण मुभिजले ३ करोड २० लाखमा सुल्तानलाई नेपाल भित्राएको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply