[ ]
Latest News Updates

ADVERTISE WITH US

निशालाई आउट गर्दै आयो 'जय पर्शुराम'को टिजर, देखिन्छ विराजको दमदार एक्शन (भिडियो)
Tuesday, July 5, 2016 Posted by Unknown

झण्डै ५ बर्षपछि नेपाली चलचित्रमा फर्किएका नायक विराज भट्टले अभिनय गरेको नयाँ चलचित्र 'जय पर्शुराम'को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले विराज भट्टलाई सुपरस्टारको नामले सम्बोधन गर्दै टिजर सार्वजनिक गरेको छ । टिजरमा नायक विराज भट्टको दमदार एक्शन देख्न सकिन्छ । ५ बर्ष अगाडी जसरी विराजले नेपाली चलचित्रमा आफ्नो एक्शन अवतार प्रस्तुत गर्थे त्यसरी नै जय पर्शुराममा पनि विराज नयाँ एक्शन एक्शन अवतारमा देखिएका छन् । टिजर हेरेपछि दर्शकहरुले ट्रेलरको अपेक्षा भने सजिलै गर्छन । सार्वजनिक टिजरमा चलचित्रकी नायिका निशा अधिकारी भने देखिएकी छैनन् । तर चलचित्रमा द्धन्द्ध कलाकारको भुमिका निर्वाह गरेका रविन तामाङ भने देखिएका छन् । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ । यो चलचित्रलाई ५ बर्षपछि निर्माता रोज राणाले निर्माण गरेका हुन् भने उनले पहिलो पटक यो चलचित्र निर्देशन पनि गरेका हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply