[ ]
Latest News Updates

ADVERTISE WITH US

बल्ल भयो रेखा र छबिको डिभोर्स, गर्न खोज्दैछन् छबि चौथो बिहे
Tuesday, July 5, 2016 Posted by Unknown

हल्ला सुन्न भएको धेरै बर्ष भयो होला अभिनेत्री रेखा थापा र निर्माता छबिराज ओझाको डिभोर्स भइसकेको छ तर होइन आइतबार मात्र उनीहरुले औपचारिक रुपमा अदालतमा गएर डिभोर्स गरेका छन् । एकआपसबाट अलग भएको ४ बर्षपछि उनीहरुले आइतबार जिल्ला अदालत पुगेर कागजी प्रक्रिया अनुसार डिभोर्स गरेका हुन् । १० बर्ष सँगै बसेर आजभन्दा ४ बर्ष अगाडीदेखी उनीहरु अलग रहँदै आएका थिए । स्रोतले दिएको जानकारी अनुसार छबिराज ओझा चौथो बिहे गर्न हतार भएका कारण आइतबार उनीहरुले औपचारिक रुपमा डिभोर्स गरेका हुन् । छबि आफैले रेखालाई फोन गरेर औपचारिक डिभोर्स गर्ने बताएपछि उनीहरु आइतबार जिल्ला अदालत पुगेका थिए । तेस्रो श्रीमती स्वरुप आजभन्दा १५ बर्ष अगाडी छबिराज ओझाले रेखालाई भित्राएका थिए । छबिराज ओझा अहिले एक्लै छन् र उनी अब चाँडै विवाह बन्धनमा बाँधिन सकिने बताइएको छ । धरान घर भएर हाल काठमाडौं बसिरहेका छबिराज ओझाले निर्माण गरेको नयाँ चलचित्र किस्मत २ प्रदर्शनको तयारीमा रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply