हरिबंशले गरे जेठो छोराको बिहे, बुहारी हुन् अमेरिकी बासिन्दा
हास्यकलाकार हरिबंश आचार्यले आफ्नो जेठो छोरा त्रिलोक आचार्यको बिहे गरेका छन् । अमेरिकी बासिन्दा जोए लेवस्किीसँग त्रिलोकले सोमबार नेपाली परम्परा अनुसार विहे गरेका हुन् । केही दिन अगाडी स परिवार अमेरिका उडेका हरिबंशले छोरा त्रिलोकको नेपाली परम्परा अनुसार विवाह भएको जानकारी दिए । त्रिलोक केही बर्षदेखी जोए लेवस्किीसँगको प्रेममा रहेका थिए । विवाहमा दुवै पक्षका परिवारहरु सहभागी थिए । अमेरिकी बासिन्दा जोए लेवस्किीले नेपाली महिलाले विवाहमा लगाउने साडीमा सजिएकी थिइन भने त्रिलोकले नेपाली दौरा सुरुवाल लगाएका थिए । हरिबंशकी जेठी श्रीमती मिरा तर्फका जेठा छोरा हुन् त्रिलोक । केही बर्ष देखी अमेरिकामा बस्दै आएका त्रिलोक चाँडै नेपाल फर्किने तयारीमा रहेका छन् । विवाह समारोहमा हरिबंशकी कान्छी श्रीमती रमिला पाठकसँगै कान्छा छोरा मोहित सहभागी थिए ।








No comments: