बर्षौ पछि रेखाको अंगालोमा आर्यन, छैन बर्षौ देखी बोलचाल
अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको अहिले बोलचाल छैन । केही बर्ष अगाडी प्रदर्शनमा आएको चलचित्र कसले चार्यो मेरो मनमा काम गरेपछि यि दुईको सम्बन्ध लगभग लगभग पानी बाराबारको अबस्थामा थियो । आर्यन सिग्देलले रेखा थापाको विषयमा खासै अभिव्यक्ति नदिएपनि रेखा भने बेला बखतमा आर्यनलाई घोच मार्दै विभिन्न अभिव्यक्तिहरु दिइरहेकी हुन्थिन । त्यहि क्रममा शनिबार भने निकै अचम्म भयो । कलाकार संघले आर्मी अफिसर क्लबमा आयोजना गरेको फान अवार्डमा रेखा थापा र आर्यन सिग्देलले अंकमाल सम्म गरे । यो उनीहरुले रहरले भन्दा पनि बाध्यताले गरेका थिए । उनीहरुले सयौ चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रममा लामो समयपछि अंकमाल गर्दा सबैले ताली बजाए । जब कार्यक्रम सञ्चालकले उत्कृष्ट नायकको अवार्ड वितरण गर्न रेखा थापालाई स्टेज बोलाए तब नै रेखा थापा र आर्यन सिग्देल स्टेजमा एकसाथ हुने सबैले अनुमान लगाएका थिए । रेखा थापाले उत्कृष्ट नायकको अवार्ड वितरण गर्दै गर्दा आफ्नो ब्यानरबाट चलचित्रक्षेत्रमा डेव्यू गरेका हिरो भन्दै आर्यनलाई सम्बोधन गरेकी थिइन । रेखाले यसो भनिरहँदा आर्यन मुस्कुराउँदै स्टेज चढे र रेखालाई अंकमाल गरे ।








No comments: