साइकलमा सलमान र शाहरुख सरर
केही बर्ष देखी बलीउड अभिनेता सलमान खान र शाहरुख खानको सम्बन्ध निकै लोभलाग्दो छ । केही बर्ष अगाडीसम्म पानीबाराबारको अबस्थामा रहेको सलमान र शाहरुखको सम्बन्ध अहिले भने निकै राम्रो छ । अहिले उनीहरु प्राय जसो भेटिरहने देखी एकअर्काको चलचित्रको प्रमोशन पनि गर्ने गर्छन । त्यहि क्रममा उनीहरुको सम्बन्ध दैनिक जसो लोभलाग्दो भइरहेको अबस्थामा उनीहरु एकसाथ खुल्ला सडकमा साइकलमा यात्रा गरेका छन् । सलमानसँग सरर साइकलमा हिँडेको तस्विर शाहरुख खानले ट्विटरमा पोष्टर गरेपछि अहिले उनीहरुले साइकलमा सँगै हिँडिरहेको तस्बिर भाइरल बनेको छ । तस्वीरमा शाहरुखले लेखेका छन् ‘बाइक बाइक मा भाइभाई । कुनै प्रदुषण छैन, भाइले भने ‘माइकल लाल साइकल लाल’ ।स्वीरमा दुबैले आफ्नो साइकलमा एकसाथ पोज दिएका छन् । पछिल्लो दिन सलमान सुटिङमा बलात्कारको प्रसँग जोडेपछि विवादमा परेका थिए ।








No comments: