[ ]
Latest News Updates

ADVERTISE WITH US

क्यानडामा पहिलो पटक नेपाली फिल्म अवार्ड हुँदै, सुदर्शन भन्छन्, 'अवार्ड सम्पन्न गरेर देखाउँछु'
Saturday, July 2, 2016 Posted by Unknown

अन्जान दाहाल
नेपाली चलचित्र र नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन र सम्मानका लागि नेपालमा धेरै अवार्ड कार्यक्रमहरु आयोजना हुने गर्छन तर अहिलेसम्म कुनै पनि अवार्डहरु निष्पक्ष नभएको गुनासो चौतर्फी सुनिरहेको अबस्थामा पहिलो पटक अन्तरािष्ट्रय स्तरमा नेपाली चलचित्रकर्मी र नेपाली चलचित्रको सम्मान र प्रोत्साहनका लागि 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२' को आयोजना हुने भएको छ । आगामी जनावरी २०१७ मा क्यानडामा आयोजना हुने 'राष्ट्रिय बक्स अफिस फिल्म फेयर अवार्ड २०७२' क्यानडाबाट अभिनेता सुदर्शन गौतमको संयोजनमा आयोजना हुन लागेको हो भने नेपालबाट पत्रकार आर.के. सुवेदीले अवार्ड संयोजकको जिम्मेवारी पाएका छन् । 'क्यानडामा अवार्ड गर्न असम्भब होला नी त ?' भन्ने हाम्रो प्रश्नमा क्यानडाबाट सुदर्शन गौतमले भने -'मेरो लाइफमा असम्भब भन्ने शब्द नै छैन । मैले आजसम्म गरेका कामहरु सबैले असम्भब नै भनिरहेका थिए तर मैले अरुले असम्भब भनेका कामहरुलाई सम्भब बनाएर देखाएको छु ।' उनले अवार्ड पूर्ण बिबाद रहित बनाउन सक्दो प्रयास गर्ने पनि बताए । उनले अगाडी थप्दै भने -'म क्यानाडाको नागरिक हँ र क्यानाडामा नेपाल र नेपालीको पहिचान बनाउन यो एतिहासिक फिल्म फेयर अवार्डले निकै नै ठुलो योगदान दिने निस्कर्षका साथ यो निकै नै ठुलो जोखिम उठाउँदै पनि छु। देश को कला र सँस्कृतिले नै राष्ट्रको पहिचान बनाउन सक्छ। यो इतिहास मैले सय प्रतिशत सोचेर अनि विचार गरेर घोषणा गरेको हो ।' हामीसँगको कुराकानीको क्रममा सुदर्शनले २०१७ बाट सुरु हुने उक्त अवार्ड आजिवन क्यानडामा नै गर्ने दाबी पनि गरेका छन् । क्यानडामा हुने अवार्डका लागि नेपालबाट उल्लेख्य संख्यामा चलचित्रकर्मी र पत्रकारहरुको सहभागीता रहने नेपालबाट अवार्डको संयोजक आर.के. सुवेदीले जानकारी दिए । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply