[ ]
Latest News Updates

ADVERTISE WITH US

यो पटकको नेफ्टा अवार्ड पनि बिदेशमा थपियो अन्तराष्ट्रिय शब्द अनि बन्यो नवौं अन्तराष्ट्रिय नेफ्टा फिल्म अवार्ड
Thursday, July 21, 2016 Posted by Chitra Khabar

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको नेफ्टा फिल्म अवार्ड यो पटक पनि अन्तराष्ट्रिय स्तरमा नै आयोजना हुने भएको छ । यो पटकको नवौं अन्तराष्ट्रिय नेफ्टा फिल्म अवार्ड आगामी कात्तिक २५ (नोभेम्बर १०) तारिखका दिन हुने नेफ्टा अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन ।9th nefta award
अवार्ड आयोजना स्थलको घोषणा भने उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गर्ने अवसरमा सार्बजनिक गर्ने बताईएको छ । जुरीहरुले यसै साता देखि मूल्यांकनका लागि फिल्म हेर्न सुरु गर्ने पनि बताईएको छ । २०७२ बैशाख १ गतेदेखि चैत मसान्तभित्र प्रदर्शनमा आएका सिनेमालाई अवार्डमा सहभागि गराइने भएको छ । यसका लागि निर्माताले साउन २१ गतेभित्र आफ्नो फिल्म नेफ्टाको बागबजारस्थित कार्यालयमा बुझाइसक्नुपर्ने छ ।
यसअघि मलेसिया, हङकङ र कतारमा अवार्ड गरिसकेको नेफ्टाले यसपटक पनि विदेशमा अवार्ड गर्ने सिलसिलालाई निरन्तरता दिनेभएको छ । नवौं संस्करणमा नेफ्टाले अवार्डको नाममा अन्तराष्ट्रिय शब्द थपेको छ । ‘यस अवार्डलाई हामीले नेपाली सिनेमाको अन्तराष्ट्रियकरणमा आयाम थप्ने अवसरको रुपमा लिँदैछौं’ अध्यक्ष लामाले भने ।
यसपटक सयभन्दा बढी नेपाली कलाकार, प्राविधिक, फिल्म निर्माता, पत्रकार लगायत अवार्डमा सहभागि हुने नेफ्टाले जानकारी दियो ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply