[ ]
Latest News Updates

ADVERTISE WITH US

५ बर्ष पाँच बर्ष पछि पर्दामा बिराज भट्ट / धमाकेदार शैलीमा देखा परे "जय परसुराम"मा
Thursday, July 21, 2016 Posted by Chitra Khabar

चाँदनी शर्मा , काठमाण्डौ
नेपाली चलचित्र नगरीमा
केहि समय अघि एकक्षत्र राज गरेका र दर्शकहरुलाई राम्रा राम्रा सिनेमा दिएर सुपरस्टार बनेका नायक बिराज भट्ट एकाएक नेपाली फिल्म नगरीबाट हराए , यदपि उनि नेपाली फिल्मबाट हराए पनि  भोजपुरी फिल्ममा भने एक क्षत्र नै राज गरिरहे , र उनैनायक सुप्परस्टार बिराज भट्ट  अहिले पुन नेपाली फिल्म "जय परसुराम" मार्फत ५ बर्ष पाँच बर्ष पछि नेपाली फिल्ममा कमब्याक भएका छन् ।jai parshuram
नेपाली फिल्ममा एक्सन भूमिकामा निकै जमेका विराज कम ब्याक भएको फिल्म जय परसुराम' लाई कुशल नायक तथा निर्माता रोज रानाले निर्देशन गरेका हुन् । निर्देशक रानाको यो डेब्यु फिल्म  हो । बिराज भट्ट संगै गायक रबिन तामाङ लाई पनि बोल्ड भूमिकामा फिल्ममा देख्न सकिने बताए निर्देशक रोज रानाले ।
फिल्ममा अभिनेत्री निशा अधिकारी नायिकाको रुपमा देखा परेकी छिन , नेना रेशम पछी निशा र विराजको पेरियेंग दोश्रो पटक हो । यस फिल्म बाट विराजको कम ब्याक दमदार हुने देखिन्छ किनकी फिल्ममा बिराजको साउथ शैलीका दमदार एक्सनका दृश्यहरु समेटिएको छ ।biraj bhatta jai parshuram 1
उनका डाइलगहरु समेत आकर्षक छन, ट्रेलरमा बिराज भन्छन ”चट्टानलाई फोडेर निस्कने फलाम हु म, कालो बादल र अन्धकारलाई चिर्दै निस्कने घाम हु म, दुष्टहरुको संहार गर्दै न्यायको बिगुल फुक्ने परशुराम हु म” । यो सिनेमाको मेकिंग समेत निकै राम्रो देखिएको छ। जय परशुरामले एक इमान्दार प्रहरी अफिसरले समाजमा हुने अन्यायको बिरोधमा लड्ने कथा देखाउछ भन्ने कुरा ट्रेलरबाट बुझ्न सकिन्छ ।malina-in
फिल्ममा बिराज, रबिन अनि निशा संगै प्रजोल गिरि,  ध्रुव कोइराला, देशभक्त खनाल, सुन्दर श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ । रिदान्स सिने आर्टको प्रस्तुतिमा बनेको फिल्म "जय परसुराम" यहि श्रावण २९ गते रिलिज हुने भएको छ ।



biraj bhatta jai parshuram


Ma-ta-timrai-houn-1

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply