"म मेरो ममीको लागि घरकै मुर्गी हुँ" अनमोल केसी / प्रसंग "म त् तिम्रै हुँ"
यहि श्रावण ७ गतेबाट शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'म त तिम्रै हुँ' ले आज राजधानिमा एक कार्यक्रमका बीच पत्रकार सम्मेलनको आयोजना गर्यो , उक्त पत्रकार सम्मलेनमा मुख्य आकार्षणको पात्र थिए अहिलेका हटकेक अनमोल के सी । फिल्म 'म त तिम्रै हुँ' का निर्माता रहेका नायक अनमोल के सी ले फिल्म रिलिजको केहि दिन मात्र बाँकी रहंदा पत्रकार सम्मेलन मार्फत आफ्नो फिल्मको बारेमा जानकारी दिएका हुन् । फिल्म 'म त तिम्रै हुँ' अनमोल क्रियसनको ब्यानरमा अनमोल के सी र सुबास थापाले निर्माण गरेका हुन् । फिल्म लाईइ श्रीराम महतले निर्देशन गर्नु भएको हो ।
आयोजित पत्रकार सम्मलेनमा अनमोले आफुले चलचित्र नखेल्नुको कारण समेत बताएका थिए । उनले भने "ममीले फिल्मको कथा तयार गर्दा मलाई हेरर कथा नलेखिएको र यस कथामा आफु फिट नभएको कारणले चलचित्र निर्माण मात्रै गरेको र अभिनय नगरेको हु " । 'म त तिम्रै हुँ'को कथा सुहाउँदो पात्रमा आकाश श्रेष्ठ नै फिट छन्, उनले न्याय गरेका छन् ।
अनमोल कृयशनको व्यानरमा आमा सुस्मिता केसीको लगानीमा बन्ने फिल्ममा आफु खेल्न सक्ने संकेत अनमोलको भनाई रहेको थियो । सुहाउँदो स्कृप्ट आएमा खेल्न तयार छु, मेरो लागी बाबा आमा दुबै बराबर हुनुहुन्छ', अनमोलले भने । पत्रकारहरुको प्रश्नमा खुलेरै जबाफ दिएका अनमोलले चलचित्र निकै राम्रो बनेको भन्दै आफुले अभिनय गरेको चलचित्र मन परैदिनु भएको दर्शकलाई निर्माण गरेको चलचित्र पनि हेर्न अनुरोध गरेका छन् ।
फिल्ममा नव नायक आकाश श्रेष्ठ, नवनायिका ज्योत्सना योगी , सुशिल काफ्ले, जीवन भट्टराई, अनुपम श्रेष्ठ, सुसन खड्का आदिको अभिनय रहेको छ । फिल्ममा सुवास थापाको पनि लगानी रहेको छ ।नवनिर्देशक श्रीराम महत फिल्मका निर्देशक हुन ।









No comments: