[ ]
Latest News Updates

ADVERTISE WITH US

‘गुड लक’ प्रदर्शनको लागी तयार / सिर्जना संगै नभराज श्रेष्ठको प्रमुख अभिनय (भिडियो सहित)
Tuesday, July 12, 2016 Posted by Chitra Khabar

अन्तत लामो समयपछी भएपनि फिल्म ‘गुड लक’प्रदर्शनमा आउने भएको छ । बिभिन्न बिबादको कारणले प्रदर्शन हुन् नपाएको नसकेको फिल्म ‘गुड लक’अब भने प्रदर्शन हुने भएको छ । फिल्म लाई निर्मात्री एबम अभिनेत्री सिर्जना बस्नेत आफैले निर्देशन गरेकि हुन् । निर्माण भएको लामो समयपछी प्रर्दशनमा आउन लागेको यो फिल्मको मंगलबार एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्बजनिक गरिएको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको  ट्रेलर र गीत रिलिज गरिएको हो । श्रावन १४ बाट रिलीजमा आउने गुड लक शिक्षा फिल्मस प्रालिको प्रस्तुतिमा निर्माण गरिएको छ ।

सिर्जना बस्नेत आफै प्रमुख भूमिका देखा परेको यस फिल्ममा बस्नेतको अलावा कल्याण घिमिरे, नवराज श्रेष्ठ , जोसना फुयाल, रबिन्द्र खड्का, अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

चेतन सापकोटाको संगीत , कविराज गहतराज र शंकर विसीको नित्य निर्देशन , रामेश्वर कार्कीको छायांकन र बनिस शाहको सम्पादन रहेको यस फिल्म लाई उपत्यकामा सुनिल मान्धर र मोफसलमा केदार पराजुलीले प्रदर्शनको जिम्मा लिएका छन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply