[ ]
Latest News Updates

ADVERTISE WITH US

बिनिताको 'जुइनो' सार्बजानिक / "जुइनो' ले कृषिलाई प्रबर्द्धन गर्नेमा बिस्वस्त छु "
Thursday, July 14, 2016 Posted by Chitra Khabar

चाँदनी शर्मा , काठमाण्डौ 
चलचित्र चपली हाइटीकी हट एण्ड क्युट अभिनेत्री भनेर चिनिने नायिका विनिता बरालले अमेरिका हुँदा लेखेको उनको कृति 'जुइनो'" एक कार्यक्रमका बीच बिहिबार राजधानीमा सार्बजानिक गरिएको छ ।  अभिनेत्री ऋचा शर्मा तथा नायिका बिनिता बरालले पुस्तक  'जुइनो'" लाई संयुक्त रुपमा बिमोचन गरेका थिए । 
 पुस्तक 'जुइनो'" कै लागि भनेर अमेरिकाको हरजिङ विश्वविद्यालयमा स्नातकोत्तर गर्दे गरेकी बराल नेपाल आएकी हुन् ।  'जुइनो' एउटा प्रेम कथा हो तर यसले कृषिलाई प्रमोट गर्न खोजेको उनले बताईंनं । 'जुइनो' ले कृषि लाई प्रबर्द्धन गर्नेमा बिस्वस्त रहेको हामि संग बताईन  । 
‘कृषी व्यवसायमा लागेपछि कृषिप्रति युवालाई आकर्षण गर्न केही लेख्नुपर्छ भनेर पुस्तक लेख्न बसेको थिएँ । तर, पुस्तक कृषिको पृष्ठभूमिमा लेखिएको प्रेम कथा बन्न पुग्छ भनेर मलाई थाहा थिएन ।’बरालले अभिनेत्री शर्मा लाई उत्तर दिंदै भनिन ।
उपन्यासको प्रमुख महिला पात्र, कथा, को नाम आफूलाई एकदमै मन परेको सुनाउँदै शर्माले बरालाई प्रमुख पात्रको नाम कथा कसरी रहन पुग्यो भनेर सोधिन् । ‘मलाई सधैं छोरी पाउँछु र उसको नाम कथा राख्छु भन्ने भइरहन्छ । त्यसैले पनि होला मैले उपन्यासको प्रमुख पात्रको नाम कथा राखेको,’ बरालले भनिन् । 
 पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसको मूल्य रु २९४ राखिएको छ ।   




Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply