[ ]
Latest News Updates

ADVERTISE WITH US

नायक अनमोल के सी संग डेट जाने हो ? दिनुहोस दुई प्रश्नको जबाफ ! यस्तो छ प्रश्न !
Saturday, July 2, 2016 Posted by Chitra Khabar

नेपाली चलचित्र नगरीमा छोटो समयमा लाखौ दर्शकहरुको मुटुको ढुकढुकी बन्न सफल भएका अहिलेका निकै चर्चित नाम र अनुहार हो अनमोल के सी ।  अनमोल द्वारा अभिनित पछिल्ला चलचित्रहरु नेपाली फिल्मी बक्स अफिसमा अब्बल ठहरिएका छन् । उनको अहिले फ्यान फलोअर्स पनि अत्याधिक रहेको छ । र अब यिनै लाखौको फ्यान फलोअर्सले अब अनमोल लाई भेट्न पाउने भएका छन् , भेट्न मात्र नभएर उनि संग लन्च पनि गर्न पाउने छन् अर्थात अनमोल संग डेट गर्ने छन् ।  
दर्शकहरुका लागि यस्तो अवसर भने आगामी  श्रावण ७ गतेबाट देशैभर एकैसाथ प्रदर्शनमा आउन लागेको चलचत्रि ‘म त तिम्रै हुँ’ ले जुराई दिएको हो । स्मरण रहोश चलचत्रि ‘म त तिम्रै हुँ’  अनमोल के सीको निर्माणमा बनेको फिल्म हो अर्थात उनले बनेका हुन् अनमोल के सी क्रिएसन मार्फत ।
 चलचत्रि ‘म त तिम्रै हुँ’ ले  लक्की दर्शकहरुलाई अनमोलसंग मात्र नभई चलचत्रि ‘म त तिम्रै हुँ’ बाट नेपाली चलचित्रमा उदाउन लागेको नवनायक आकाश श्रेष्ठसंग समेत बसेर लन्च खान पाउने मौका प्रदान गर्ने छ ।

आम दर्शकहरुको चाहना र उत्सुकतालाई  नजर गर्दै यस्तो  अफर फिल्म युनिटले ल्याएका हुन् ।  चलचत्रि ‘म त तिम्रै हुँ’ का लागी निर्मात्री एवंम नायिका सुस्मिता केसीले दिएको जानकारी अनुसार "चलचित्रको फेसबुक पेज (म त तिम्रै हुँ) लाई लाईक गरि उक्त पेजमा राखिएको क्वीजको पोष्ट लाईक गरि  पोस्टरमा लेखिएको प्रश्नको उत्तर कमेन्टमा दिनुपर्ने छ र उक्त पोष्टलाई शेयर गर्नुपर्ने हुन्छ । यी शर्तहरु पालना गर्दै पोस्टमा आएको सहि जबाफ दिने दर्शकहरुबाट गोला प्रथा गरि उत्कृष्ट पाँच जनालाई विभिन्न उपहारहरु प्रदान गरिने छ ।"

नायिका एवंम निर्मात्री सुस्मिताले उत्कृष्ट पाँच जनालाई चलचित्र ‘म त तिम्रै हुँ’ को भिआईपी रेडकार्पेट प्रिमियर शो को टिकट, एलजी स्मार्ट फोन र नायक अनमोल केसी र आकाश श्रेष्ठसंग लन्चको व्यवस्था गरिएको जानकारी दिनुभयो । । नायक अनमोल केसी यस चलचित्रका निर्माता हुन् । उनकै नामको व्यानर अनमोल क्रियशनबाट चलचित्र निर्माण भएको हो । चलचित्रमा नायक आकाशसंगै नायिका जोयत्सना योगी र सुस्मिता केसीको मूख्य भुमिका रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply