श्रावण १ गते देखी हलमा राष्ट्रिय गानको भिडियो देखाइने, निर्देशन गरेका हुन् जनकदीपले !
श्रावण १ गतेदेखी नेपाली चलचित्र प्रदर्शन गर्नु अगाडी राष्ट्रिय गानको भिडियो प्रदर्शन गर्नु पर्ने भएको छ । बिहिबार चलचित्र विकास बोर्डको १६ औ बार्षिकोत्सवको अवसरमा निर्देशक जनकदीप पराजुलीले निर्देशन गरेको रािष्ट्रय गानको भिडियो प्रिमियर गरिँदै श्रावण १ गते देखी चलचित्र हलहरुमा पनि प्रदर्शन गर्नु पर्ने बताइएको थियो । निशुल्क रुपमा चलचित्र विकास बोर्डमा निर्देशक जनकदीप पराजुलीले राष्ट्रिय गानको भिडियो प्रदान गरेका थिए । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले निर्देशक पराजुलीलाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेका थिए । जनकदीप पराजुलीले निर्देशन गरेको राष्ट्रिय गानको भिडियो अब श्रावण १ गते देखी देशभरका सम्पुर्ण सिनेमा घरहरुमा चलचित्र प्रदर्शन गर्नु अघि देखाइने विकास बोर्डका अध्यक्ष राजकुमार राईले जानकारी दिए ।








No comments: