[ ]
Latest News Updates

ADVERTISE WITH US

मलाई सबैले बच्चा भन्छन् : बरुण धवन
Sunday, July 3, 2016 Posted by Unknown

बलीउड अभिनेता बरुण धवन पछिल्लो समय चल्तिका अभिनेताको रुपमा हेरिन्छन् । सोलो हिरो हुँदै बरुणले बलीउडस्टार शाहरुख खान अभिनित चलचित्र दिलवालेमा काम गरेपछि अझ बरुण धवनको चर्चा राम्रैसँग चुलियो । त्यसभन्दा अघि उनले अभिनय गरेको चलचित्र बदलापुरलाई दर्शकहरुले अत्याधिक रुचाइएपछि अहिले बरुणको व्यस्तता बलीउडमा राम्रैसँग छ । तर बरुणलाई भने अरुले बच्चा नै ठान्ने गर्छन । यो कुरा बरुण आफैंले बताएका हुन् । उनले धेरैले आफुलाई बच्चा वा बेबी भन्ने गरेको खुलासा गरेका छन्। चलचित्रको पर्दामा यूवा भुमिकामा विशेषत देखिने बरुणले आफुलाई धेरैले बच्चा भनेर चिने पनि आफुलाई दुख भने नलाग्ने बताए । 'उनीहरु मलाई विभिन्न चरित्रमा र अन्य किसिमको भुमिकामा देख्न चाहन्छन् । म आफै पनि त्यस्तो भुमिकामा देख्न चाहन्छु', बरुणले भने । उनी अहिले बलीउड अभिनेत्री आलिया भट्टसँग काम गरेको नयाँ चलचित्रलाई लिएर उत्साहित छन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply