तिहारमा आउने भयो विनिताको 'उमंग', टिजर यस्तो छ (भिडियो)
कार्तिक १२ गतेबाट नायिका विनिता बरालले अभिनय गरेको नयाँ चलचित्र 'उमंग' प्रदर्शनमा आउने भएको छ । तिहारलाई लक्षित गर्दै प्रदर्शनमा ल्याउन लागिएको चचित्र उमंगको हालै टिजर पनि सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा परदेशी यूवाको कथा देखाइएको छ । विनिता बराल, कुमार विसी, रामबाबु रेग्मी, शिला श्रेष्ठ, नविन भुजेल लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको चलचित्र उमंगलाई शिव शर्माले निर्देशन गरेका हुन् । कुमार विसी निर्माता रहेको यो चलचित्रमा शिव शर्माको कोरियोग्राफी, रविन्द्र बरालको छायाँकन, कुमार विसीको कथा रहेको छ ।








No comments: