विकास बोर्डलाई दवाव दिन 'गाँजा बाजा' को यस्तो बहस
'गाँजा बाजा' चलचित्र निर्माण भइसक्यो तर अहिलेसम्म चलचित्र विकास बोर्डले चलचित्र निर्माणका लागि अनुमती दिइसकेको भने छैन् । सर्वोच्च अदालतमा चलचित्रका निर्माताले गाँजा बाजा नाम राख्न किन नपाइने भन्दै मुद्धा दायर सम्म गरिसकेको छ । चाँडै यस विषयमा सुनवाई समेत हुँदैछ । गाँजा बाजा नाम राख्दा लागुऔषधलाई बढावा दिने भन्दै विकास बोर्डले चलचित्र निर्माणका लागि अनुमती नदिइरहेको अबस्थामा आइतबार चलचित्रको निर्माण पक्षले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विकास बोर्डलाई दवाव दिएको छ । चलचित्र विकास बोर्डका सल्लाहकार प्रदिप उदयले चलचित्रको र्शीषकका कारण विकास बोर्डले चलचित्र निर्माणमा रोक लगाउन नहुने बताए । त्यस्तै निर्देशक गणेश देव पाण्डेले चलचित्रको कथावस्तु भन्दा पनि चलचित्रको र्शीषकको कारणले रोक लगाउनु गलत रहेको बताए । कार्यक्रममा अनेरास्ववियु अध्यक्ष नविना लामा, निर्देशक मनोज पण्डित, निर्देशक निश्चल बस्नेतले पनि र्शीषकका कारण विकास बोर्डले चलचित्र निर्माणमा रोक लगाउनु गलत भएको भन्दै अब सर्वोच्च अदालतको निर्णय कुर्न पनि निर्माण पक्षलाई सल्लाह दिए ।








No comments: