परिणीति र मनिषको प्याचअप
चलचित्रको पर्दामा देखिने कलाकारहरुको प्रेम सम्बन्धमा ब्रेकअप र प्याचअपको कुराले बेला बखतमा मिडियाहरु राम्रै तताउने गर्छ । विशेषत हलीउड र बलीउड चलचित्रका कलाकारहरुको यस्ता खबरहरुले चाहिँ राम्रैसँग मिडियाहरु तताउने गरेका छन् । पछिल्लो समय सलमान खान र लुलियाको प्रेम सम्बन्ध देखी रणवीर कपुर र कैटरीना कैफको प्रेम सम्बन्धमा ब्रेकअपको हल्लाले भारतीय मिडिया राम्रै तताइरहेको अबस्थामा केही दिन अगाडी मात्रै बलीउड अभिनेत्री परिणीति चोपडाको प्रेम सम्बन्धले राम्रै स्थान पायो । तर यो खबर बाहिरिएको केही दिन नवित्दै परिणीति चोपडाको ब्वायफ्रेन्ड निर्देशक मनीष शर्मासँग ब्रेकअप भएको खबर पनि बाहिरियो । हालै भने उनीहरुको ब्रेकअप नभएको खबर बाहिर आएको छ । केही दिन देखी मिडियाहरुमा परिणीति चोपडा र निर्देशक मनिष शर्माले एकसाथ भेटेका तस्बिरहरु भाइरल बनेका छन् । खबरका अनुसार उनीहरुको सम्बन्धलाई सुघार्न चाहिँ यशराज फिल्मसले मद्दत गरेको बताइएको छ । यि दुई एकसाथ मेरी प्यारी बिन्दुमा देखिने बताइएपछि सम्बन्धमा पनि सुधार आएको खबर छ । अक्षय रायले निर्देशन गर्ने यो फिल्ममा परिणीति आयुष्मान खुरानाको साथमा एकसाथ देखिँदै छिन् ।








No comments: