[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो बनेर आयो 'विर विक्रम' को ट्रेलर, देख्न सकिन्छ प्रेममा द्धन्द्ध (भिडियो)
Monday, July 4, 2016 Posted by Unknown

भदौ ३ गतेबााट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'विर विक्रम' को ट्रेलर सार्वजनिक भएको छ । हाल विदेशका विभिन्न ठाउँहरुमा प्रदर्शन भइरहेको चलचित्र 'विर विक्रम' को सार्वजनिक ट्रेलरमा कमेडीसँगै प्रेम र द्धन्द्धको पक्षलाई आर्कषक शैलीमा देखाइएको छ । ट्रेलरमा चलचित्रका अधिकांश कलाकारहरु अटाएका छन् । विशेषत कमेडी शैलीमा तयार भएको चलचित्र विर विक्रमलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप वित्रफम शाही, नाजिर हुसेनको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुनको मुख्य भूमिका छ । चलचित्रले अभिनेत्री दीयाको पछि लाग्ने ३ यूवाको कथा बोलेको छ । सार्वजनिक चलचित्रको ट्रेलरमा अभिनेता दयाहाङ राईलाई स्लिम देखिएको छ भने अनुप विक्रम शाहीलाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । चाँडै अष्ट्रेलियामा विदेश प्रदर्शन हुन लागेको यो चलचित्रका लागि केही दिन भित्रै अभिनेता दयाहाङ राई र निर्देशक मिलन चाम्स अष्ट्रेलिया प्रस्तान गर्दैछन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply