[ ]
Latest News Updates

ADVERTISE WITH US

शुक्रबार रिलिज : चलचित्र 'तीन घुम्ती'
Thursday, June 30, 2016 Posted by Unknown

यस पटकको शुक्रबार चलचित्र 'तीन घुम्ती' देशव्यापी प्रदर्शनमा आएको छ । तत्कालिन प्रधानमन्त्री विपी कोइरालाद्धारा लिखित कृति तीन घुम्तीमा आधारित भएर निर्माण भएको चलचित्र तीन घुम्तीसँग यस पटकको शुक्रबार कुनै पनि नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छैनन् । तर अर्को हप्ता बलीउडस्टार सलमान खान अभिनित चलचित्र सुल्तान प्रदर्शनमा आउने भएका कारण तीन घुम्तीले मल्टिप्लेक्समा भने एक हप्ता अगाडी देखी नै कम हल पाएको बताइएको छ । बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा कर्मा प्रोडक्शनको लगानी छ । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको गीत छ । यो चलचित्रमा गरिमा पन्तको अलवा धु्रव दत्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापाको अभिनय छ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply