रिलिज अगाडी पाइरेसी भएको 'उड्ता पञ्जाब'ले कमायो ६ दिनमा ४५ करोड
रिलिजको पूर्वसन्ध्यामा पाइरेसी भएको बलीउड चलचित्र उड्ता पञ्जाबले प्रदर्शनमा आएको छैटौ दिनमा ४५ करोड माथीको व्यापार गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन १०.०५, दोस्रो दिन ११.२५, तेस्रो दिन १२.५०, चौथो दिन ४.५०, पाँचौ दिन ४ र छैटौ दिन ३.४० करोडको व्यापार गरेको थियो । यि सबै हिसाबलाई जोड्दा अहिले सम्ममा उड्ता पञ्जाबले ४५.७० करोडको व्यापार गरेको छ । यो व्यापारलाई चलचित्र विश्लेषकहरुले उत्कृष्ट व्यापार मानेका छन् । चौथो दिनबाट चलचित्रको व्यापारमा राम्रै गिरावट आएपनि लगानी भने चलचित्रले सुरक्षित गरिसकेको छ । चलचित्र उड्ता पञ्जाबले भारतबाट मात्र छैटौ दिनसम्ममा ४५ करोड माथीको व्यापार गरेको हो । यो चलचित्रको विदेश प्रदर्शनले हालसम्म चलचित्रको लगानी भने सुरक्षित भइसकेको छ । साहिद कपुर, आलिया भट्ट, करिना कपुर अभिनित यो चलचित्रले ड्रक्सको कथालाई उठान गरेको छ ।








No comments: