[ ]
Latest News Updates

ADVERTISE WITH US

पाइरेसी भएपनि 'उड्ता पञ्जाब' को ओपनिङ्ग राम्रो, पहिलो दिन नै कमायो १० करोड
Saturday, June 18, 2016 Posted by Unknown

प्रदर्शनमा आउने अघिल्लो दिननै पाइरेसीको शिकार भएको बलीउड चलचित्र 'उड्ता पञ्जाब'को शुक्रबारे ओपनिङ्ग राम्रो देखिएको छ । ट्रेड एनालिष्ट तरण आदर्शका अनुसार चलचित्रले प्रदर्शनमा आएको पहिलो दिन १०.०५ करोडको व्यापार गरेको छ । यो चलचित्र यस बर्ष प्रदर्शनमा आएका ४ चलचित्रपछिको राम्रो ओपनिङ्ग गर्ने चलचित्रको सुचीमा समेत परेको छ । पाइरेसी भएपछि चलचित्रको व्यापारमा धेरै असर गर्ने देखिएपनि चलचित्रले पहिलो दिननै राम्रो ओपनिङ्ग गरेपछि पाइरेसीको मार चलचित्रले खेप्नु नपरेको भारतीय मिडियाहरुले बताएका छन् । साहिद कपुर, आलिया भट्ट, करिना कपुर अभिनित यो चलचित्रले ड्रक्सको कथालाई उठान गरेको छ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply