[ ]
Latest News Updates

ADVERTISE WITH US

‘द कन्जुरिङ २’ हेर्दाहेर्दै एक व्यक्तिको मृत्यु
Saturday, June 18, 2016 Posted by Unknown

हलीउड चलचित्र ‘द कन्जुरिङ २’ हेर्दाहेर्दै बेहोस भएका भारत आध्र प्रदेशका ६५ वर्षिय एक व्यक्तिको मृत्यु भएको छ । ति व्यक्ति आध्र प्रदेशको तीरुभन्नमलाई सहरको श्री बालसुब्रमनिएर सिनेमा घरमा चलचित्र ‘द कन्जुरिङ २’ हेर्दाहेर्दै बेहोस भएका थिए र उनलाई उपचारका लागि ‘तीरुभन्नमलाई सरकारी मेडिकल कलेज अस्पताल’ पुराइएको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताए अनुसार  ‘द कन्जुरिङ २’ हेर्न ति व्यक्तिसँगै गएका साथीलाई उनले बेहोस हुनुपूर्व आफ्नो छाती दुखेको बताइरहेका थिए । हरर चलचित्र हेरेपछि मृत्यु भएको यो पहिलो घटना हो । डरलाग्दा दृश्यहरु समाबेश भएको यो चलचित्र १५ बर्षभन्दा तल र ५० भन्दा माथीका व्यक्तिहरुले नहेर्दा नै राम्रो हुन्छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले अहिले राम्रो व्यापार पनि गरिरहेको अन्तराष्ट्रिय मिडियाहरुको दाबी छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply