[ ]
Latest News Updates

ADVERTISE WITH US

हेर्नुस् मुम्बईको हावापानीले यस्ती भईन निरुता, नखेल्न सक्छिन् अब नेपाली चलचित्र !
Saturday, June 18, 2016 Posted by Unknown

 नायिका निरुता सिंह, यो नाम नेपाली दर्शकहरुले सायदै भुल्न सक्दैनन् । कुनै समय नेपाली चलचित्रक्षेत्रमा एकछत्र राज गरेकी निरुता सिंह करिब ४ बर्षदेखी नेपाली चलचित्रमा देखिएकी छैनन् । चार बर्षदेखी चलचित्रको पर्दामा निरुतालाई देख्न नपाउँदा दर्शकहरुमा अहिले निरुता के गरिरहेकी छिन् भन्ने उत्सुकता पक्कै पनि छ । केहि समय अगाडी उनले एक म्युजिक भिडियोमा भारतीय कमेडियन कृष्णासँग अभिनय गरेको थिइन । उक्त भिडियो सार्वजनिक भएपछि सबैले अन्दाज लगाएका थिए की हाल उनी भारतमा छिन् । तर उनको विषयमा हालसम्म कुनै पनि जानकारी प्राप्त भएको थिएन । त्यहि क्रममा हाल मुम्बईमा रहेका निर्देशक उकेश दाहालसँग शुक्रबार निरुताको भेट भएको तस्बिरहरु अहिले सामाजिक सञ्जालमा राम्रैसँग भाइरल बनेका छन् । उकेशले निरुतासँगको भेटमा कफी खाएका केहि तस्बिरहरु आफ्नो फेसबुकमा अपलोड गरेका छन् । फोटोमा उकेशले निरुतासँग सँगै कफी खाएको र उनीहरुको साथमा एक भारतीय नागरिक पनि गफ गर्दै गरेको देखिएका छन् । चलचित्र खेल्न छाडेर निरुता लामो समयदेखि मुम्बईमा इन्टेरियर डिजाइनको काम गर्दै आएकी छन् ।  १९९३ मा तुलसी घिमिरेको चलचित्र 'दक्षिणा' बाट नेपाली रजतपटमा भित्रिएकी निरुताले आफ्नो फिल्मी करियरमा करिब सय बढि चलचित्रमा अभिनय गरेकी छिन् । एकसमय उनलाई चलचित्रमा लिनका लागि अधिकांश निर्माताहरुको लडाई हुने गथ्र्यो । निरुताका दर्पण छायाँ, दुःख, आफन्त, ठूल्दाइ, जिवनदान, अजम्बरी माया लगायतका चलचित्रहरु सुपरहिट चलचित्रको सुचीमा पर्छन । निरुता अब नेपाली चलचित्रक्षेत्रमा फर्किने सम्भावना निकै न्यून रहेको बताइन्छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply