[ ]
Latest News Updates

ADVERTISE WITH US

बन्ने भो बाल मनोविज्ञानमा आधारित चलचित्र 'तुइन'/ फाइनल भए १२ लाखमा निर्देशक
Tuesday, June 21, 2016 Posted by Chitra Khabar

अन्तराष्ट्रिय सृजनशिल समता फाउन्डेसन अमेरिका (आइ.सि.इ.यफ) र सृजना उप्रेतीको लगानीमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'तुइन'को लागि निर्देशक अनुबन्धन गरिएको छ । चलचित्रको लागि यस अघि चलचित्र 'बेस्ट फ्रेन्ज फरेभर' निर्देशन गरेका युवा निर्देशक उत्सब थपलियालार्इ (१२ हजार अमेरिकन डलर अर्थात १२ लाख नेपाली रुपैयाँ) मा अनुबन्धित गरिएको छ । 
नेपाली चलचित्र निर्देशकहरु मध्यका कान्छा निर्देशक मानिने थपलियालाई चलचित्र तुइनको लागी अनुबन्धित गरिएको हो । उमेरले सानो भएपनि उनको डिमाण्ड हाइ भएको छ । पहिलो चलचित्रले औसत ब्यापर गरेपनि निर्देशकको हिसाबले अब्बल ठहरिए उत्सब थपलिया । आफ्नै ब्यानर बाहेक अन्य ब्यानरको चलचित्रको लिडरसिप नलिने भन्दै आएका निर्देशक थपलियाले तुइन निर्माण युनिटले आफुलाई दिएको सुबिधा र फिल्मको कथाले गर्दा फिल्म गर्न राजी भएको उनले बताए । सानो उमेरमा यतिको उचाइमा पुग्नु सानो कुरा भने होइन, हाल नेपाली चलचित्र बजारमा अनमोल केसीले लिएको २० लाख पारिश्रमिकको चर्चा पछि यो अर्को चर्चा हो । निर्देशकले पाएको यो पारिश्रमिक सम्भवत नेपाली निर्देशकहरुले पाउने रकम भन्दा धेरै नै बढी हो । यहि असार १० बाट फ्लोरमा जाने यस फिल्मले विश्वभरका विभिन्न अन्तरास्ट्रिय फिल्म प्रतियोगीताहरुमा भाग लिने निर्देशक थपलियाले बताए । यसै बर्षको मंसिर ७ गते देखि नेपालभर प्रदर्शन गरिने लक्ष्य राखेको यस चलचित्रमा सुरेश अधिकारीको संगीत रहने छ । रङ्गमञ्चका कलाकारहरुको टोली नै सामेल हुने यस फिल्ममा परिक्षित बिक्रम राना, पृशा श्रेष्ठ, चिराग थपलिया लगायतका कलाकारहरुको प्रमुख भुमिका रहने छ । पृशा श्रेष्ठ र चिराग थपलिया फिल्मका लागी लिड रोलमा रहेका बालकलाकारहरु हुन । आङ्सेन लामाको सिनेमाटोग्राफी रहने यस फिल्म बालमनोबिज्ञानको कथामा आधारित रहने बताईएको छ । मोहन गेलालको कथा र संवाद रहने यस फिल्ममा अन्जना बस्नेत कर्यकारी निर्माताको रुपमा नेपाली रजतपटमा देखिने भएकी छिन ।



Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply