फेरी बाँधिन सक्छ आर्यन र नम्रताको जोडी
चाँडै श्याम अर्यालको प्रस्तुतीमा तयार हुन लागेको चलचित्र 'मरिना' मा काम गर्न लागेका अभिनेता आर्यन सिग्देलले आफ्नै ब्यानरमा नयाँ चलचित्र निर्माण गर्ने तयारीमा छन् । दिनेश राउतले निर्देशन गर्ने बताइएको चलचित्रलाई नरेश केसीले कथा लेख्ने जिम्मेवारी पाएका छन् । अधिकांश छायाँकन थाइल्याण्डमा हुने बताइएको चलचित्रमा आर्यनले आफ्नो जोडीको रुपमा नम्रता श्रेष्ठलाई लिने कुरा समेत भइरहेको बताइएको छ । विष्णु कार्कीले आर्यनलाई चलचित्र निर्माणमा सहयोग गर्दै दिनेश राउतले चलचित्र निर्देशन गर्न लागेका हुन् । नोभेम्बर रेन र क्लासिकमा आर्यन र नम्रतालाई एकसाथ पर्दामा उतारेका दिनेशले यो पटक पनि आर्यन र नम्रतालाई नै लिएर चलचित्र निर्देशन गर्ने तयारीमा रहेका छन् । प्रेमकथामा आधारित हुने बताइएको अनटाइटल चलचित्रको ९० प्रतिशत छायाँकन थाइल्याण्डमा हुने छ भने बाँकी नेपालमा नै हुने निर्देशक दिनेश राउतले जानकारी दिए ।








No comments: