[ ]
Latest News Updates

ADVERTISE WITH US

यि हुन अभिभावककै विडो थाम्ने नेपाली चलचित्रका कलाकर्मी
Saturday, June 18, 2016 Posted by Chitra Khabar

एकताका चलचित्रका सफल सेलिब्रेटीका छोराछोरीले  पछिल्लो समयमा नेपाली चलचित्रमा राज गरिरहेका छन् । केकी अधिकारी, अनमोल केसी, अनुभव रेग्मी, संयम पुरी, गौरभ पहारी यसका उदाहरण हुन् ।यो क्रम अझै जारी छ । फेरि पनि केही सेलिब्रेटीका छोराछोरीहरुले आमाबुवाको पेशालाई अघि बढाउने सम्भावना देखिएको छ । कुन कुन सेलिबे्रटीका छोराछोरी फिल्म नगरीमा आफ्नो भाग्य नाप्न आउँदैछन् त ?

कविता मानन्धर

अभिनेत्री करिष्मा मानन्धर र निर्माता विनोद मानन्धरकी छोरी कविता चाँडै फिल्म खेल्दैछिन । । उच्च अध्ययनका लागि अमेरिकामा रहेकी कविता नेपाली फिल्मप्रति निकै रुची राख्छिन् । त्यसैले पनि करिश्माले आफ्नै होम प्रोडक्शनमार्फत छोरी कवितालाई फिल्ममा डेब्यु गराउने योजनामा छिन् । यसबारे कविताका पिता विनोद मानन्धर खुसी छन् । उनले आफ्नी छोरीकाबारेमा केही समय अगाडि छोरीलाई जे ईच्छा लाग्छ त्यहि गर्छे, यदि उसलाई अभिनयमा आउन मन लाग्छ भने ठिकै छ आउँछे, आउन मन लाग्दैन भनेपनि ठिकै छ भनेका थिए । करिश्माले एक समय नेपाली सिनेमामा राज गरिन् । त्यसैले पनि नेपाली फिल्ममा करिश्माकी छोरी कविताबाट धेरैले अपेक्षा गरेका छन् ।

सुवानी थापा

अभिनेत्री झरना थापा र फिल्म निर्माता सुनिलकुमार थापाको विवाहभएको दुई दशक भयो । विवाहपछि झरनाले करियरमा राम्रो सफलता हात पारिन् । उनलाई विवाहपछि फस्टाएकी नायिका पनि भनिन्छ । तर झरनाले विवाहपछि करियरलाई मात्र प्राथमिकता दिईनन् । एउटी सफल नायिका सँगसँगै झरना एक आमा पनि हुन् । उनकी छोरी सुवानी थापा अहिले १८ वर्षकी भइन् र उनलाई छिट्टै फिल्ममा देख्न पाइने खबर छ । केही समयअघि झरना पुत्री सुवानी फिल्म निर्माताका रुपमा सिने क्षेत्रमा आउने कुरा थियो । तर त्यो हल्ला आजसम्म हल्लामै सीमित भएको छ ।

दिव्या रायमाझी

अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी अहिले अमेरिकामा छिन् । दिव्याको सुन्दरता र अभिनय गर्न सक्ने क्षमता देखेर केही फिल्म निर्माता तथा निर्देशकले फिल्ममा काम गर्ने अफर पनि दिइसकेका छन् ।
तर उनी पहिले आफ्नो पढाई पूरा गर्ने सोचमा छिन् ।  यही कारण उनले आफूलाई आएका अफरहरुलाई अस्वीकार गरिन् । केही समयअघि दिव्याको जन्म दिनमा निर्देशक श्याम भट्टराईले उनलाई भविष्यकी नायिका पनि भनेका थिए । जुन कुराले फिल्मीबजार तातेको थियो । ZoomNp

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply