ज्योतिषले भनेकै समयमा अनमोललाई जन्माएको हुँ : सुस्मिता केसी
अहिलेका सुपरस्टार अनमोल केसीको विषयमा विभिन्न खबरहरु बाहिर आइरहेका छन् । झण्डै ५ बर्षको अन्तरालमा ४ सुपरहिट चलचित्र दर्शकमाझ दिइसकेका अनमोलले हालै आफ्नो पाँचौ चलचित्र 'कृ' बाट सर्वाधिक महंगो पारिश्रमिक लिँदै साइन गरेँ । उनले चलचित्र 'कृ' का लागि २० लाख पारिश्रमिक लिए । उनले नेपाली कलाकारहरु मध्येकै सर्वाधिक महंगो पारिश्रमिक लिएपछि अहिले उनको चर्चा फेरी आकाशिएको छ । त्यहिँ क्रममा अनमोल केसीकी आमा सुस्मिता केसीले अनमोल जन्मदाँका रमाइला पल सुनाइन । मंगलबार इन्द्रेणी फुड ल्याण्डमा फिल्मी अपडेटसँगको विषेश कुराकानीको क्रममा सुस्मिताले अनमोल जन्मनु भन्दा अगाडी र पछाडीका केहि रोचक कुरा सुनाइन । उनले भनिन्, 'मैले अनमोल जन्मनु भन्दा अगाडी ज्योतिषसँग सल्लाह गरेको थिए । कुन बार, कुन समयमा जन्माउँदा ठिक हुन्छ भनेर । ज्योतिषको नाम मैले अहिले विर्से तर ज्योतिषले भन्नुभएको अनुसार अनमोल पेटमै लामो थियो ।'
बच्चा प्राकृतिक रुपमा नजन्मने र सिजरियन नै गर्नुपर्ने बताएपछि सुस्मिताले ज्योतिषीसँग सल्लाह गरेकी थिइन । कुराकानीको क्रममा उनले अगाडी भनिन्, 'मैले ज्योतिषलाई भने कुन बार, कुन समय बच्चा जन्माउँदा ह्याण्सम हुन्छ र राजयोग पर्छ भनेर । त्यसपछि ज्योतिषले चैत्र १७ गते वुधबार बिहान साढे ११ बजेको समय दिएका थिएँ ।' सुस्मिताले रमाइलो गर्दै भनिन्, ‘ठ्याक्कै ११ः३० मा अनमोलको टाउको मेरो शरिरबाट बाहिर निकालिएको थियो र उ रोएको थियो ।’ उनलाई हामीले प्रश्न गर्यौ 'अनमोल बुबा भुवन केसीसँग बस्दा तपाईलाई छोराको अभाब महशुस हुन्छ की हुँदैन ?' अनि सुस्मिताले थपिन -'अनमोल एक हप्ता म सँग र एक हप्ता बुबासँग बस्छ । म सँग बस्न मन लाग्यो भने फोन गरेर म आउँदैछु है भन्छ । मलाइ अहिलेसम्म छोराको अभाब महशुस भएको छैन ।' उनले फेरी भनिन्, 'म पनि अनमोललाई फोन गरेर बोलाउँछु । बाबु आइज न आज घरमा भन्दा आइहाल्छ ।' सुस्मिता केसीले निर्माण गरेको चलचित्र 'म त तिम्रै हुँ' श्रावण ७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।








No comments: